चामुण्डा माध्यमिक बिध्यालय .पूर्व विद्यार्थी मञ्च द्वारा बिद्यार्थीलाइ जाडोको लागि न्यानो कपडा वितरण

कपन अनलाइन

काठमाडौं माघ १३। चामुण्डा माध्यमिक बिध्यालय .पूर्व विद्यार्थी मञ्चले विद्यार्थीहरुलाई  जाडोको लागि न्यानो कपडा अन्तर्गत स्विटर  वितरण गरेको छ । सोमबार  चामुण्डा माध्यमिक बिध्यालय . नारायणटार जोरपाटिमा एक कार्यक्रमका बीच मंचले उक्त बिध्यालयमा अध्ययनरत ३ सय ८६ जना विद्यार्थीहरुलाई जाडोको लागि स्विटर  वितरण गरेको हो ।

चामुण्डा माध्यमिक बिध्यालय .पूर्व विद्यार्थी मञ्चका अध्यक्ष कुमारराज सुवेदीको अध्यक्षतामा भएकोसो कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रमेश अर्याल, रहेका थिए भने बिशेष अतिथिको रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक सिंह भण्डारी, प्राचार्य यादव प्रसाद पौडेल, समाजसेवी ईश्वर सापकोटा समाजसेवी बच्चुराम शर्मा कुइकेल  लगायत शिक्षक, बिद्यार्थीहरुको उपस्थिति रहेको थियो   ।

चामुण्डा माध्यमिक बिध्यालयमा कक्षा  नर्सरी देखि कक्षा ४ सम्म अध्ययनरत करिब  ३ सय ८६ जना विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बिशेष अतिथि लगायतले  स्विटर  वितरण गरेका थिए  ।विद्यार्थीहरुलाई स्विटर  वितरण कार्यक्रमका लागि पूर्व विद्यार्थी मञ्च तथा विद्यालय व्यवस्थापन समितिका सदस्य हरिकृष्ण भण्डारी, मञ्चका अध्यक्ष कुमारराज सुवेदी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक सिंह भण्डारी लगायतको  स्विटर खरिदमा सहयोग रहेको जानकारी गराइएको थियो ।

तपाइँको प्रतिक्रिया ।