जगडोलको झण्डा पार्कमा राष्ट्रिय झण्डा फहराइयो
कपन अनलाइन
काठमाडौं माघ १३। बूढानिकण्ठ नगरपालिका वडा नं ११ जगडोल झण्डा पार्कमा अज्ञात समूहले तोडफोड गरेर क्षति पुगेको नेपालको राष्ट्रिय झण्डा पुन फहरिएको छ। शनिबार राति अज्ञात समूहले उक्त झण्डा पार्कमा क्षति पुर्याएको भोलि पल्टनै स्थानीय तथा बुढानिलकण्ठ नगरपालिका वडा नं११ को सक्रियतामा पुन नेपालको राष्ट्रिय झण्डा पुनर्स्थापना गरिएको हो।
करिब तीन वर्ष अघि राष्टिय गानका रचयिता ब्याकुल माइलाको प्रमुख आथित्य तथा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे र बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खरेल सहितको उपस्थितिमा झण्डा पार्क उद्घाटन गरिएको थियो । प्रातकालिन तथा सन्ध्याकालीन भ्रमण गर्नेहरुको रोजाईको केन्द्रकाका रुपमा रहेको सो स्थान बाट सुर्यदय र सुर्यास्तको मनोरम दृश्यको साथै काडमाडौं उपत्यकाका अधिकांश स्थानहरु सजिलै नियाल्न सकिन्छ। उपत्यका बाट नजिक रहेको सो स्थान आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाईमा पर्दै आएको छ जसले गर्दा ओझेलमा परेको जगडोल चिनाउन समेत सहयोग पुगेको थियो ।
सार्वजनिक सम्पत्ति माथि हुने यस्ता अपराध रोकथामको लागि प्रहरी संगै स्थानीयले सक्रियता देखाउनु आवश्यक रहेको र पुन यस्तो घटना दोहोरिन नदिनको लागि थप निगरानी आवश्यक रहेको छ भने सो ठाउमा सि सि क्यामरा लगायत अन्य सुरक्षा प्रबन्ध गर्नपर्ने आश्यकता देखिन्छ।राष्ट्रिय झण्डा जस्तो गौरबको प्रतिक माथि अत्यन्त घृणित तरिकाले गरिएको हरकत निन्दनीय छ, यस घटना बाट पाठ सिक्दै पुन घटना दोहोरिन नदिन प्रशासन, स्थानीय र समाजिक संघ संस्था सजग रहनु पर्ने देखिन्छ ।