वाई वाई नेपाल स्टार फाइनलिष्ट तारेभिरका सुरेश लामालाइ भोट गर्न नेपाल बुद्दिष्ट तामाङ सुधार समितिको अपिल
कपन अनलाइन
काठमाडौं, माघ ८। सिङ्गिङ रियालिटी शो वाई वाई नेपाल स्टार सिजन १ का उपाधिका दावेदार काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिरका सुरेश लामा फाइनलमा प्रवेश गरे संगै उनलाई जिताउन सुरेश लामा जिताऔं अभियान तिब्रताका साथ अघि बढाइएको छ । अभियानका क्रममा माघ १७ गते सम्म एसएमएस भोटिङमा धेरै भन्दा धेरै भोट गरेर वाई वाई नेपाल स्टार बनाउन आव्हान गरिएको छ । जसका लागि विजेता बन्नेमध्येका एउटा आधार एसएमएस भोटिङका लागि सामेल हुन सवैमा अनुरोध गरिदै आएको छ ।
‘हामी नेपाली, हाम्रो आवाज’ भन्ने नारा रहेको नेपाल स्टारको ‘वाई वाई’ चाउचाउले मुख्य प्रायोजन गरेको अनि नेपाल टेलिभिजनमा रियालिटी सो का रुपमा प्रस्तुत सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिका ३ का सुरेश लामालाइ जिताउन उनका फ्यानहरुले फेसबुक पेजमार्फत प्रचार प्रसार गरिरहेका छन् । आफन्त तथा नगरवासीका साथै उनको प्रभावशाली स्वर मन पराएर सर्वत्ररुपमा उनलाई रुचाइएको देखिन्छ । त्यसैगरि बुधबार गोकर्णेश्वर ४ माकलबारी स्थित नेपाल बुद्दिष्ट तामाङ सुधार समितिले समेत सुरेश लामालाइ टप ४ मा पुग्न सफल भएको मा बधाई दिदै नेपाल स्टार बन्नको लागि शुभकामना प्रदान गरेको छ साथै उनलाई बढी भन्दा बढी भोट गरि जिताउन समेत अनुरोध गरेको छ दर्शकबाट धेरै भोट पाउने प्रतियोगीले नै उपाधि जित्ने भएकाले सुरेशलाइ जिताउन सबैले सक्दो योगदान गर्न नेपाल बुद्दिष्ट तामाङ सुधार समितिले अपील गरेको छ ।
साथै सुरेश लामा जिताउ अभियानमा सांसद देखि स्थानीय तहका जनप्रतिनिधि समेत जुटेका छन । उनीहरु सामाजिक संजालको उपयोग देखि बिभिन्न कार्यक्रममा सहभागी भएर सुरेश लामालाइ जिताउन जुटेका हुन् । गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे सुरेश लामालाइ जिताउन सक्रिय बनेका छन्। उनले हरेक दिन सुरेश बारे लेखिएका गतिबिधि देखि आयोजित कार्यक्रम नियाली रहेको र सके सम्म त्यस्ता कार्यक्रममा उपस्थिति पनि जनाइरहेको कपन अनलाइनललाई नगर प्रमुख चालिसेले बताए। त्यसै गरि सांसद कृष्ण राइ, बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाले पनि सुरेश लामालाई सक्दो भोट गरि जिताउन अपिल गर्दै आएका छन ।
उनले फेसबुक मार्फत पनि भोट गर्न अपिल गर्दै आएका छन । सुरेश लामालाई भोट गर्न मोवाइलको म्यासेज बक्समा NS18 लेखेर 33001 मा पठाउन सकिनेछ । साथै Nepal Television को एप्लिकेसन डाउनलोड गरेर पनि भोट गर्न सकिनेछ । भोटिंग माघ १७ गते सम्म गर्न सकिनेछ । लामा काठमाडौंका एक मात्र प्रतिस्पर्धी हुन् वाई वाई नेपाल स्टारका