काठमाडौं -४ मा विकासका ९० प्रतिशत काम सकिएका छन :वडाध्यक्ष मोहन बहादुर विष्ट

कपन अनलाइन

काठमाडौं ,माघ ४।

महानगरपालिका ४ का वडाध्यक्ष मोहन विष्टले विकास निर्माणका ९० प्रतिशत काम सम्पन्न भैसकेको दाबी गरेका छन  । स्थानीय तहको निर्वाचन भएको ४ बर्ष पुरा हुनै लाग्दा यी काम भएको वडाध्यक्ष विष्टको दाबी छ ।

आइतबार काठमाडौं महानगरपालिका वडा नं ४ मा निर्माण हुन् लागेको मनमोहन पार्कको शिलान्यास कार्यक्रममा बोल्दै उनले  विकासका काम सफल बनाउन वडा सदस्यसहित सबै पदाधिकारीको उत्तिकै भूमिका रहेकोबताएका छन  ।

वडा नम्बर ४ मा अतिक्रमणमा रहेका सरकारी जग्गा वडा मातहत ल्याएर पार्क निर्माण तीव्र बनाइएको समेत वडाध्यक्ष विष्टले जानकारी दिए ।अहिलेसम्म ७२ रोपनीभन्दा बढी सार्वजनिक जग्गा सरकारको मातहतमा ल्याई सकिएको उनले जानकारी दिए । विष्टले भने ‘अहिलेसम्म शिवस्थली २५ रोपनी, मनमोहन पार्क ११ रोपनी (कृष्ण गल्ली धुम्बाराही), बाजे (बज्यै पार्क ८ रोपनी, कपन मार्ग ६ रोपनी, धुम्बाराही हाइट ३ रोपनी, अन्नपूर्ण मार्ग ९ आना, रारा पार्क ३ रोपनी, हालको वडा कार्यालय १ रोपनी, टुसाल पार्क २ रोपनी, धुम्बाराही पार्क १२ रोपनी र डिडि पार्क ९ आना गरी जम्मा ७२ रोपनी २ आना सार्वजनिक जग्गा सरकारको मातहतमा ल्याइएको छ ।’

वडा भित्रका सार्वजनिक जग्गामा विभिन्न व्यक्तिहरूले टहरो बनाएका, भाडा खाएका, भोग चलन गर्दै आएका तथा साध मिचेका व्यक्तिहरूबाट नेपाल सरकारको मातहतमा ल्याउन सफल भएका उनले बताए ।

कार्यक्रम संविधानसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य रत्न गुरुङ, प्रदेश सांसद तथा नेकपा केन्द्रीय सदस्य दीपक निरौला, प्रदेश सांसद सीता अधिकारी दाहाल, नेकपा केन्द्रीय सदस्य हरि अधिकारी, शिवकुमारी खनाल, बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेललगायत उपस्थित थिए । वडा नम्बर ४ मा रहेका सबै टोल सुधार समितिका पदाधिकारीहरूको पनि सहभागिता थियो ।

तपाइँको प्रतिक्रिया ।