दोश्रो चिसिनी खाना महोत्सव सम्पन्न ,आन्तरिक पर्यटकहरुको उत्साहजनक सहभागिता
कपन अनलाइन
काठमाडौं ,माघ ४।
बुढानिलकण्ठ नगरपालिका वडा नं ५ मा रहेको चिसिनिमा आयोजित फुड फेस्टिभलमा आन्तरिक पर्यटकहरुको उत्साहजनक सहभागिता देखिएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ३ र ५ को करिव २९८ रोपनीमा निर्माणाधीन आइतवारे पार्क क्षेत्रमा आयोजना गरिएको उक्त फेस्टिभलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल ,बागमती प्रदेस सभा सदस्य दिपक निरौला ,सिता लामा , नगर प्रमुख उद्दव खरेल ,उपप्रमुख रमा राई , बुढानिलकण्ठ नगरपालिका वडा नं ५ का सदस्यहरु श्याम कृष्ण ठकुरी ,नारायण दुलाल ,हेब्सिवा तामांग ,वडा नं ३ का सदस्य बिमला न्यौपाने ,नेकपा बुढानिलकण्ठका सचिव प्रदिप डंगोल सहित स्थानीय र पर्यटकहरुको बाक्लो उपस्थिति रहेको थियो।
महोत्सवमा स्थानिय खाना ,उत्पादनहरुलाई विक्री विक्री वितरण र अवलोकनका लागि राखिएको थियो भने काठमाडौं उपत्यकाका विभिन्न स्थान बाट आएका आन्तरिक पर्यटकहरुले रोमा न्यौपाने सहित स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुतिको मजा लिएका थिए।