बढ्यो धार्मिक पर्यटकीय स्थलहरुमा चहलपहल
कपन अनलाइन
काठमाडौं पौष १४ कोरोना भाइरसको महामारी नियन्त्रण गर्न बन्द गरिएको धार्मिकस्थलहरु खुल्ला भए संगै भक्तजनहरुको चहल पहल बढ्न थालेको छ । प्रसिद्द धार्मिक स्थलहरुमा क्षमा पुजा संगै भक्तजनहरुको लागि स्वास्थ्य सुरक्षा सतर्कता अपनाउदै खुल्ला गरिएको छ ।कोरोनाको कहरले सुनसान बनेका पर्यटकीय तथा धार्मिक स्थलमा विस्तारै चहलपहल बढ्न थालेको छ । बन्दाबन्दी खुकुलो भएसँगै पर्यटकीय तथा धार्मिक क्षेत्रमा अवलोकन तथा दर्शन गर्न जाने आन्तरिक पर्यटक बढ्न थालेका हुन् । खुल्ला भए संगै बिभिन्न स्थानहरु बाट भक्तजनहरु समूह बनाइ तिर्थस्थलहरु पुग्ने क्रम पनि पुन शुरु भएको छ।
धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको पूर्वको पशुपति भनेर परिचित खोटाङको हलेसी महादेव पनि खुल्ला भए संगै दर्शनार्थीहरु पुग्न थालेका छन। कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने खतरालाई ध्यानमा राखेर दर्शन गर्न आउने दर्शनार्थीको पूजाआजा नरोकिने गरी मुख्य गुफा (महादेव–पार्वती थान) र बसाहा गुफा प्रवेशमा रोक लगाइएको आठ महिनापछि पुनः खुला गरिएको हो ।
हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी विश्वभर एकैसाथ महामारीका रुपमा कोभिड–१९ को सङ्क्रमण फैलिएसँगै बन्द गरिएको थियो । मुलुकका महत्वपूर्ण धार्मिकस्थल खुला गरी भक्तजन प्रवेश गराइएको तथ्यहरु उल्लेख गर्दै हलेसी तुवाचुङ नगरपालिकाले सूचना जारी गरेर जनस्वास्थ्यका मापदण्ड पालना गर्दै तीर्थालु भक्तजनलाई मन्दिर प्रवेशमा खुला गरिएको जानकारी दिएको छ । लामो समय बन्द रहेको मन्दिर खुलेपछि हलेसीमा दर्शनार्थी तथा भक्तजनको घुइँचो लाग्न थालेको व्यवसायीहरुले बताएका छन् । करीब आठ महिनादेखि व्यवसाय बन्द भएको होटल व्यवसायी समेत मन्दिर खुलेपछि हर्षित भएका छन् ।
शुक्रबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका बाट हलेसी महादेव दर्शनका लागि पुगेका धुर्ब नापित जो यातायात व्यवसायी पनि हुन्, उनले धेरै समय पछि यसरी भ्रमणमा निक्लिन पाउदा खुसि लागेको बताए । उनले घरमै धार्मिक कार्य तथा पूजापाठ गरिरहेका मानिसहरु फेरि धार्मिक स्थलमा जान पाउदा उत्साहित भएको अनुभब सुनाए। कोरोना र यसका कारण गरिएको बन्दाबन्दीमा घर आसपासमा खुम्चिएका नागरिक अहिले फेरि घुम्न निस्किने प्रचलन बढेको भन्दै धार्मिक तथा पर्यटकीय क्षेत्रमा घुम्न चहानेलाइ यातायात आवश्यक परेमा आफुलाई सम्झन सकिने पनि बताए ।उनले बिगत देखि नै यस्ता धार्मिक तथा पर्यटकीय भ्रमणको लागि आफुले उचित शुल्कमा सेवा प्रदान गर्दै आएको बताउदै समुहगत रुपमा त्यस्ता भ्रमणको लागि यातायातका साधनको आवश्यकता परेमा९८४९५९८२५८ मा सम्पर्क गर्न पनि अनुरोध गरेका छन । कोरोनाले खुम्चाएको पर्यटन क्षेत्रमा स्वास्थ्य सतर्कता अपनाउँदै थालिएको यस्ता कार्यक्रमले पर्यटन क्षेत्रको पुनःउत्थान हुने उनले बिश्वास ब्यक्त गरेका छन् ।