पत्रकारलाई ज्यान मार्ने भूमाफियाको धम्की प्रति नेपाली कांग्रेस काठमाडौं -४ (ख ) को आपत्ति

कपन अनलाइन

काठमाडौं ,पुस २।

बुढानिलकण्ठ नगरपालिकामा भइरहेको प्राकृतिक सम्पत्ति अपचलन र दुरुपयोगका वारेमा कलम चलाउदै आएका पत्रकारलाई ज्यान मार्ने भूमाफियाको धम्की प्रति नेपाली कांग्रेस काठमाडौं -४ (ख ) ले आपत्ति प्रकट गरेको छ।

पुष १ गते बिहान बुढानिलकण्ठ नगरपालिका वडा नं १३ स्थित काैडाेलमा रहेकाे एक प्लटिङ नजिक वनमा दुइजना मुखुण्डाे लगाएका मानिसले याे प्लटिङ हाम्राे तैँले ज्यान फाल्न निहु खाेजिस् अब के के हुन्छ हेर्दा जा भनेर काठमाडौं खबरका प्रधान सम्पादक पाठकलाई  धम्की दिएका थिए ।

बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधि ,कर्मचारी र केहि स्थानीय नेताहरुको दवावमा परेर बालुवा माटो जस्ता सार्वजनिक सम्पत्तिको गम्भीर अपचलन भएको बताउदै दोषीलाई कानुनी दायरामा ल्याउन नेपाली कांग्रेस काठमाडौं -४ (ख ) का सभापति बिनोद चालिसेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

तपाइँको प्रतिक्रिया ।