नागरिक बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न,नगरपालिकामा सुपथ मुल्य पसल संचालन गर्ने
कपन अनलाइन
काठमाडौं ,मंसिर ३०।
नागरिक बहुउद्देश्यीय सहकारी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । जि एस पौडेलको सभापतित्वमा सम्पन्न भएको सभाले विष्णुचन्द्र अधिकारिको अध्यक्षतामा सात सदस्यीय संचालक समिति सहित तीन सदस्यीय लेखा समिति र तीन सदस्यीय ऋण उपसमिति समेत सभाले चयन गरेको हो।
बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा स्थापना भएको सो संस्थाको संचालक समितिमा कृष्ण माया तामाङ उपाध्यक्ष , राम प्रसाद गौतम सचिव , भावना के सि कोषाध्यक्ष रहेका छन भने प्रबिन खरेल , कमल श्रेष्ठ सदस्य र मातृका गुरुङ सदस्य रहेका छन।
त्यसैगरी लेखा सुकदेव रिसालको संयोजकत्वमा बनेको लेखा समिति सदस्यहरु सुर्य बहादुर गुरुङ तथा श्रेया श्रेष्ठ चयन भएका छन भने ऋण उपसमितिको संयोजकमा कमल श्रेष्ठ र सदस्यहरुमा स्मृति तिवारी र अप्सरा न्यौपाने चयन भएका छन।
सो संस्थाका संरक्षक अक्कल तामाङको शुभकामना मन्तव्यबाट शुरु भएको कार्यक्रममा हाल वडा नं १० मा रहेको सुपथ मुल्य पसललाई नगरपालिका संगको सहकार्यमा नगरपालिकाका अन्य वडामा पनि विस्तार गर्ने जानकारी दिइएको थियो।