बुढानीलकण्ठ नगरपालिकाका थप १९ जनामा कोरोना संक्रमण पुष्टि
कपन अनलाइन
काठमाडौं ,मंसिर २९।
बुढानीलकण्ठ नगरपालिकामा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हाल सम्म बुढानिलकण्ठ नगरपालिकामा कोरोनाबाट संक्रमित हुनेहरुको कुल संख्या २७४० पुगेको छ।
२४ घण्टामा कोरोना बाट मृत्यु हुने संख्या शुन्य रहेको छ। र हालसम्म मृत्यु संख्या ५ महिला र १२ पुरुष गरि कुल १७ जना रहेका छन्। हाल नगरपालिकामा ५६ जना महिला र ६१ पुरुष गरि कुल ११७ जना सक्रिय संक्रमित रहेका छन्।
वडागत विवरणः
वडा नं ३: २२ वर्षिया एक पुरुष
वडा नं ४: रुद्रेश्वर ६८ वर्षिया एक महिला, पसिकोटबाट ५१ वर्षिया, ५० वर्षिया दुई महिला
वडा नं ५: टुसाल ७७ वर्षिया एक पुरुष
वडा नं ८: भंगाल ८३ वर्षिया एक पुरुष, मण्डिखाटार२७ वर्षिया एक एक पुरुष, हात्तिगौँडा २८ वर्षिया एक महिला
वडा नं ९: मण्डिखाटार ३३ वर्षिया एक महिला, ५०, ३८ वर्षिया दुई पुरुष
वडा नं १०: आकाशेधारा ३१, २३ वर्षिया दुई पुरुष, पञ्चकुमारी मन्दिर २६ वर्षिया एक पुरुष, शिव मन्दिरबाट ३३ वर्षिया एक पुरुष, ज्योतिनगर २५ वर्षिया एक पुरुष, बालुवाखानी ३३ वर्षिया एक पुरुष
वडा नं ११: कपन ३७ वर्षिया एक पुरुष
वडा नं १२ : ३० वर्षिया एक पुरुष