भक्तपुरको चाँगुनारायणमा विश्वकै अग्लो त्रिशुल निर्माण हुँदै

कपन अनलाइन

भक्तपुर ,मंसिर २८

भक्तपुरको चाँगुनारायण नगरपालिका-५ त्रिशुलडाँडामा विश्वकै अग्लो त्रिशुल स्थापना हुँदैछ। महाँकाल त्रिशुलडाँडा उपभोक्ता विकास समितिले महाँकाल त्रिशुलडाँडा परिसरमा शनिबार आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले निर्माणाधीन त्रिशुलको शिलान्याश गरेका थिए ।

त्रिशुलडाँडामा ४ करोड ४२ लाख ११ हजार ९ सय १३ रुपैयाँको लागतमा १ सय २१ फिट अग्लो त्रिशुल र ५५ फिट अग्लो गुरु गोरखनाथ मन्दिर स्थापना हुने भएको छ। करिब नौ महिनामा त्रिशुल निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ।

तपाइँको प्रतिक्रिया ।