नेकपा चम्पादेवीको बैठक सम्पन्न ,स्थानीय सरकार विरुद्ध संघर्ष गर्ने

कपन अनलाइन

ओखलढुंगा ,मंसिर २८।

नेपाल कम्युनिस्ट पार्टी चम्पादेवी ओखलढुंगाको बैठकले स्थानीय सरकार विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ। नेकपाका केन्द्रीय सदस्य तथा ओखलढुंगाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारको प्रमुख आतिथ्यतामा गाउँपालिकाको पलापूमा भएको गाउँपालिका कमिटीको बैठकले सो निर्णय गरेको हो।

नेकपा ओखलढुंगाका अध्यक्ष तथा प्रदेस सभा सदस्य मोहन खड्का ,नेकपा प्रदेस नं  १ कमिटी सदस्य बाबुराम गौतम ,ओखलढुंगा प्रदेश निर्वाचन क्षेत्र ख का इन्चार्ज अनिल योगी ,नेकपा ओखलढुंगाका संगठन विभाग प्रमुख नेत्र भट्टराई ,चम्पादेवी इन्चार्ज तिर्थ सुवेदी ,सह इन्चार्ज सुरेस थापा लगायतका अतिथि रहेको बैठकमा गाउँ पालिकाका ९ वटै वडाहरुको नियमित बैठक ,जनसंगठन निर्माण र परिचालन गर्ने निर्णय गरिएको थियो।

नेकपा चम्पादेवीका अध्यक्ष खड्ग बहादुर कार्कीको अध्यक्षतामा भएको उक्त बैठकले केहि समय अगाडी प्रमुख जिल्ला अधिकारीलाई गाउँपालिकाका विविध विषयमा बुझाएको पत्र र नेकपाको वर्तमान राजनीतिक अवस्थाका वारेमा पनि छलफल भएको थियो।

तपाइँको प्रतिक्रिया ।