बुढानिलकण्ठ -८ का विकास योजना निरीक्षणमा डा.राजन भट्टराई ,सार्वजनिक जग्गा संरक्षणमा चासो

बुढानिलकण्ठ -८ का विकास योजना निरीक्षणमा डा.राजन भट्टराई ,सार्वजनिक जग्गा संरक्षणमा चासो

कपन अनलाइन

काठमाडौं ,मंसिर २६।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले काठमाडौं क्षेत्र नं ४ अन्तर्गत रहेको बुढानिलकण्ठ नगरपालिका वडा नं ८ का विभिन्न योजनाहरुको निरीक्षण गर्दै वडाका सार्वजनिक जग्गा संरक्षणमा विसेस चासो ब्यक्त गरेका छन।

डा. भट्टराईले वडा नं ८ का विभिन्न स्थानमा रहेका सार्वजनिक जग्गाहरुको अभिलेख संकलन , तारवार सहित जग्गा संरक्षण र नगवासिहरुको हितका लागि दिर्घकालिन पूर्वाधार विकासका लागि योजना निर्माणका लागि वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन।

वडा नं ८ मा रहेका २०० ,७७ ,५४ ,२७ रोपनी सहित अन्य सार्वजनिक जग्गाहरुको संरक्षण र अध्ययनका लागि भुमि सुधार मन्त्रालय संग आफुले पहल गर्ने बताउदै डा. भट्टराईले यसका लागि ठोस कदम चाल्नु पर्ने आवस्यकता रहेको धारणा राखेका छन।

काठमाडौं क्षेत्र नं ४ (२ ) बाट निर्वाचित प्रदेस सभा सदस्य कुसुम कुमार कार्की ,नेकपा बागमती प्रदेस कमिटीका सचिवालय सदस्य तथा नगरपालिकाका सल्लाहकार सुन्दर पुर्कुटी , नेकपा काठमाडौं जिल्ला कमिटी सदस्य विदुर विक्रम खड्का ,नेकपा नगर कमिटी अध्यक्ष रबिन अधिकारी ,वडा नं ८ का अध्यक्ष सुमन तामाङ ,सदस्यहरु दुर्गा थापा ,माधव पौड्याल ,प्रतिक्षा पुर्कुटी र मंजु बस्नेत थापा  थापा लगायतको उपस्थितिमा डा. भट्टराईले वडाका विभिन्न सडक योजना तथा अन्य विकास निर्माण कार्यको निरीक्षण गरेका थिए।

काठमाडौं क्षेत्र नं ४ का सबै वडाहरुमा भैरहेका विकास निर्माण र आगामी दिनमा गर्नुपर्ने कामहरुका वारेमा जनप्रतिनिधि सहित स्थलगत निरीक्षणको अभियानमा रहेका डा.भट्टराईले मंसिर २८ गते आइतवार सुन्दर बस्ति -भ्याली पब्लिक सडक , भंगाल सडक , लोकेश्वर महादेव मन्दिर क्षेत्र , सुन्दर बस्ति ढल विस्तार तथा डुवान प्रभावित क्षेत्र, आदर्श कोलोनी आवासीय क्षेत्र ,जगन्नाथ मन्दिर क्षेत्रमा रहेका विभिन्न योजनाहरुको निरीक्षण गर्दै स्थानीयहरु संग अन्तरक्रिया गरेका थिए।

स्थलगत निरीक्षणकाका क्रममा डा.भट्टराई संग स्थानीयहरुले सो क्षेत्रमा खानेपानी ,ढल विस्तार , पहिरो नियन्त्रण र पूर्वाधार निर्माणका लागि अनुरोध गरेका थिए। सो अवसरमा डा.भट्टराईले स्थानीयहरुको अनुरोधलाई गम्भीर रुपमा लिएर योजना बनाउन जनप्रतिनिधिहरुलाई आग्रह गर्दै आफ्नो तर्फ बाट सहयोगको प्रतिवदत्ता व्यक्त गरेका थिए।

सो अवसर वडा नं ८ का अध्यक्ष सुमन तामाङले वडामा सडक पूर्वाधार विकासको काम तिव्र रुपमा भैरहेको जानकारी गराउदै आगामी दिनमा अन्य सामाजिक र मानवीय विकासका योजनाहरुलाई प्राथमिकतामा राख्ने बताएका थिए।

 

 

 

तपाइँको प्रतिक्रिया ।