आदिमा बचत तथा ऋण सहकारी संस्थाको १२ औ साधारण सभा सम्पन्न
कपन अनलाइन
काठमाडौं , मंसिर २६।
आदिमा बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौं महानगरपालिका वडा -४ काे १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
सो संस्थाका अध्यक्ष प्रल्हाद दाहालको सभापतित्व र काठमाडौ महानगरपालिका वडा नं -४ का अध्यक्ष मोहन बहादुर बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभाका प्रमुख अतिथि बिष्टले पानसमा दिप प्रज्जवलन गरि कार्यक्रमको उट्घाटन गरेका थिए ।
कार्यक्रम कोरोना भाइरसका कारण सहकारी बिभागले निकालेको निर्देशिका अनुसार स्वास्थ मापदण्ड अपनाई २५ जनाभन्दा बढी उपस्थित नभइ कार्यक्रम गर्नुपर्ने अवस्थालाई मध्यनजर गरि २०७७ साल मंसिर ११ गतेदेखि मंसिर २६ गतेसम्म वार्षिक प्रतिबेदन सहित साधारणसभाको माइन्युट कार्यालयमा राखी प्रतिबेदन माथी सुझाब संकलन र हस्ताक्षर गराउने कार्य गरि आज २६ गते संस्थाका संचालक समिती, सल्लाहकार समिती, लेखा समिती, विभिन्न उप-समितिमा रहने ब्यक्तिहरुको भेला गरि अरु शेयर सदस्यहरुलाई जुम मार्फत साधारणसभामा सहभागी गराई कार्यक्रम गरिएको संस्थाका अध्यक्ष दाहालले जानकारी दिएका छन।
कार्यक्रममा संस्थाका सचीव राजु बस्नेतले स्वागत मन्तव्य राखेको कार्यक्रममा रुद्रमती सहकारीका उपाध्यक्ष तारा प्रसाद पराजुलीले शुभकामना मन्तव्य राख्दै यस्तो अवस्थामा पनि सहज तरिकाले साधारणसभा सम्पन्न गर्न सफल भएको र संस्था घाटामा नभएको देख्दा संस्था राम्रो अवस्थामा रहेको बताएका थिए।
कार्यक्रममा संस्थाका लेखा समितिका संयोजक मनोज कुमार घिमिरेले प्रतिबेदन पेश गरेका थिए भने कोषाध्यक्ष कृष्णादेवि मुनिकारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।
कार्यक्रममा प्रमुख अतिथि एवं वडा अध्यक्ष विष्टले महामारीको अवस्थामा पनि घाटामा नजानु राम्रो पक्ष भएको र अनावश्यक अस्वस्थ प्रतिस्पर्धा गरि पुजी जम्मा गर्नुभन्दा यसरी नै विस्तार आफ्नै गतिमा शेयर सदस्यको विश्वास जित्तै अगाडि बढ्नु राम्रो रहेको बताएका थिए ।
त्यस्तै संस्थाका उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठले उपस्थित सबैलाई विशेष धन्यवाद दिदै आगामी दिनमा पनि सम्पूर्ण शेयर सदस्यहरुको यस्तै साथ र सहयोगको अपेक्षा रहेको बताएका थिए ।
संस्थाका अध्यक्ष दाहालले यस्तो महामारीको बेला पनि संस्थालाई चलायमान बनाई सबैको विश्वास जित्न सकेकोमा संस्थाका सबै कर्मचारीहरुलाई विशेष धन्यवाद दिएका थिए।
कार्यक्रममा संस्थाको तर्फबाट प्रस्तुत सबै प्रतिबेदन पास गर्दै साधारणसभाको लेखिने माइन्युटमा हस्ताक्षर गर्नको लागि ९ जना सदस्यको छनौट , लेखा परिक्षकको छनौट, आगामी वर्षका कार्यक्रम पारित, विशेष निर्णय अपरझट गर्नपर्दाका लागि संचालक समितिलाई अधिकार प्रतियाजन गर्ने जस्ता कार्यहरु पनि गरियो ।
कार्यक्रम संचालन संस्थाका ऋण उपसमितिका सदस्य राजेश चालिसेले गरेका थिए ।