शनिबार जोरपाटी फुटसल प्राङ्गणमा बृहत रक्तदान तथा सहयोग संकलन कार्यक्रम हुने

कपन अनलाइन

काठमाडौँ, मंगसिर २६। जि पी कोइराला अध्ययन केन्द्र काठमाडौं शाखाको आयोजना तथा ओखलढुंगा काठमाडौं सेवा समाज र दोलखा काठमाडौं सेवा समाजको सहयोगमा बृहत रक्तदान कार्यक्रम तथा मृगौला पिडित ओखलढुंगा निवासी सोम बहादुर गिरि र दुर्घटनामा घाइते उपचाररत दोलखा निवासी भुवन फुयालको लागि सहयोग संकलन कार्यक्रम  गर्ने भएको छ ।

 विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीक कारण अस्पतालहरुमा उपचारार्थ बिरामीहरुलाई रगत अभाबका कारण समस्या उत्पन्न नहोस भनेर २०७७ साल मंगसिर २७ गते शनिबार  गोकर्णेश्वर नगरपालिका वडा नं ५ स्थित  जोरपाटी फुटसल प्राङ्गणमा बिहान ८:३०  बजे देखि सम्पूर्ण स्वास्थ्य मापदण्ड पुरा गरि  सुरक्षित तवरले आयोजना हुने  उक्त रक्तदान कार्यक्रम तथा मृगौला पिडित र दुर्घटनाका घाइतेको उपचारार्थ सहयोग संकलन कार्यक्रममा उपस्थित भई सहयोग गरिदिनको लागि  आयोजकले अनुरोध गरेको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।