तारेभिरमा सडक र अनाधिकृत प्राकृतिक दोहनले पारेको सकस
कपन अनलाइन
काठमाडौं ,मंसिर २६।
काठमाडौं उपत्यकाको उत्तरी भेगमा रहेको शिवपुरी पर्वत शृंखलाको काखमा रहेको तारेभिर क्षेत्रमा सडक पूर्वाधार विकास र कालो पत्रे अन्तिम चरणमा पुगेको छ।सो क्षेत्रमा गोकर्णेश्वर बालुवा बाट तारेभिर क्षेत्रको सिरानमा पुग्ने दुई वटा सडक धमाधम कालोपत्रे भैरहेका छन।
बागमती प्रदेसका भौतिक पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयालको पहलमा शुरु भएको पहिलो तारेभिर महोत्सवका अवसरमा सो क्षेत्रमा सडक पूर्वाधार विकास गर्दै नियमित यातायात संचालन गर्ने घोषणा हुँदाखासै पत्याउने अवस्था रहेको थिएन। तर संघीय ,प्रदेस र स्थानीय सरकारले सो क्षेत्रको मौलिक परम्परा संरक्षण गर्दै पर्यटन विकासका लागि सडक निर्माणलाई प्राथमिकतामा राखेका थिए।
काठमाडौं शहरको रौनकलाई नियाल्दै दैनिक दुर्गमको झैँ कस्ट भोग्न बाध्य बनेका तारेभिर वासीहरुमा सडक पूर्वाधार विकासले आत्विस्वास र सहजता प्रदान गरेपनि सडक संगै सो क्षेत्रमा उक्लिएका डोजर,स्काभेटर र यन्त्रहरुको दौडले प्राकृतिक दोहनको सकस पनि भित्र्याएको छ।
काठमाडौं उपत्यकाका अन्य पर्वत झैँ यस पावन शिवपुरी पर्वत शृंखलाको प्राकृतिक सुन्दरता र सम्पत्ति संरक्षण गर्दै पर्यटकीय केन्द्र बनाउनुपर्ने तारेभिर क्षेत्र अहिले प्राकृतिक सम्पत्तिको दोहन गर्ने गिरोहलाई सुनौलो मैदान बनेको छ।
शिवपुरी -नागार्जुन रास्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र तारेभिरमा अहिले जग्गा विकास ,निजि जग्गा सम्याउने,माटो मिलाउने लगायतका नाममा सामान्य स्वीकृति लिएर ठुलो मात्रामा बालुवा र बाटो बेचबिखन भएको भन्दै स्थानीयहरुले विरोध गर्दै आएका छन।
सो क्षेत्रमा जग्गा मिलान गर्दा बन क्षेत्र र सार्वजनिक जग्गालाई केन्द्रमा राखेर सार्वजनिक सम्पत्तिको छेडछाड गरिएको भन्दै स्थानीयहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिए पनि अझै सो क्षेत्रमा प्राकृतिक दोहन रोकिएको छैन।
सो क्षेत्र बाट ठुलो मात्रामा माटो ,बालुवा ओसारपसार हुने गरेको र कतिपय स्थानमा स्वीकृति बिना खानी र वासिंग संचालन गरिएको स्थानीयहरुको गुनासो पटक पटक आए पनि हाल सम्म सो क्षेत्रमा नगरपालिकाले प्रबह्व्कारी अनुगमन नगरिएको भन्दै पछिल्लो समय असन्तुस्टी पनि बढेको छ।
निर्वाद रुपमा प्राकृतिक दोहन खुलेआम रुपमा भैरहदा स्थलगत अनुगमन गर्ने जनप्रतिनिधि,सिफारिस गर्ने प्राविधिक कर्मचारी र स्वीकृति दिने जग्गा विकास समिति माथि तत्काल छानविन र कारवाहीको दवाव बढेको छ।
पर्यटन पूर्वाधार विकासको प्रचुर सम्भावना बोकेको तारेभिर क्षेत्रको पहिचान र सौन्दर्य नै मेटाउने गरी भैरहेको प्राकृतिक दोहनले निम्त्याउने जोखिम र नकारात्नक प्रभावलाई रोक्नका लागि नगरपालिकाले ठोस र देखिने कदम चाल्नुपर्ने जानकारहरुले बताएका छन।