जमिनका कार्यकर्ताको भावना नबुझेर नेकपामा समस्या :उपप्रधानमन्त्री ईश्वर पोखरेल

जमिनका कार्यकर्ताको भावना नबुझेर नेकपामा समस्या :उपप्रधानमन्त्री ईश्वर पोखरेल

कपन अनलाइन

काठमाडौं ,मंसिर २५ ।

नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले जमिनका कार्यकर्ताको भावना नबुझेर नेकपामा समस्या भएको बताएका छन।

काठमाडौं क्षेत्र नं ५ (२ ) मा सं प्रतिनिधि सभा सदस्य  उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नं ५ (२ ) मा संघीय सांसदका १२ र प्रदेस सभा सदस्यका १४ वटा योजनाहरु सार्वजनिक गर्दै उपप्रधानमन्त्री पोखरेलले पार्टीका सबै समस्याहरु नेताहरुले नबुझ्दा सार्वजनिक रुपमा प्रकट भएको बताएका छन।

आफ्नो निर्वाचन क्षेत्रमा आर्थिक वर्ष २०७७/७८ मा संचालन हुने योजना सार्वजनिक गर्दै उपप्रधानमन्त्री पोखरेलले पार्टी एकताको मर्म र भावना छोडेर  मनोगत र व्यक्ति केन्द्रित  विश्लेषण हुँदा समस्या आएको बाताउदै सबै नेतृत्व जिम्मेवार हुनुपर्ने धारणा राखेका छन।

पार्टी एकता गर्दा गरिएका प्रतिवदत्ता र समझदारीहरु बाट कोहि पनि भाग्नु नहुने बताउदै उपप्रधानमन्त्री पोखरेलले तल्लो कमिटीक कार्यकर्ता र जनताहरुको आवाज नसुने र नबुझे परिवर्तनकामी आन्दोलन कमजोर हुने धारणा राखेका छन।

नेपाली कम्युनिष्ट आन्दोलनले नया उचाई र आयाम प्राप्त गरेको समयमा व्यक्ति र। पद केन्द्रित बहसले कार्यकर्ता र जनतामा निराशा छाएको बताउदै पोखरेलले शिर्ष नेतृत्वले गम्भीर आत्म समिक्षा गर्नुपर्ने धारणा राखेका थिए

 

 

 

 

तपाइँको प्रतिक्रिया ।