सिन्धुपाल्चोकका सांसद शेर बहादुर तामाङको प्राथमिकतामा सडक र सामुदायिक पूर्वाधार

सिन्धुपाल्चोकका सांसद शेर बहादुर तामाङको प्राथमिकतामा सडक र सामुदायिक पूर्वाधार

कपन अनलाइन

सिन्धुपाल्चोक ,मंसिर २३।

सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र -२ बाट निर्वाचित सांसद  शेर बहादुर तामाङले स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत संचालन हुने योजना सार्वजनिक गरेका छन ।यस वर्षको स्थानीय पूर्वाधार विकास कार्यक्रममा सडक र कुलो ,पार्क , भवन लगायत  सामुदायिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ।

सांसद तामाङले सार्वजनिक गरेको कार्यक्रममा हेलम्बु गाउँपालिकामा ८ र  इन्द्रावती गाउँपालिकामा ६वटा योजना रहेका छन। त्यस्तै मेलम्ची नगरपालिका ,पाचपोखरी थांगपाल गाउँपालिका,चौतारा साँगाचोकगढी नगरपालिकामा ५/५ वटा योजनाहरु रहेका छन।

स्थानीय  पूर्वाधार विकास कार्यक्रमको ४ करोड बाट हेलम्बु गाउँपालिकामा ९५ लाख ,इन्द्रावती गाउँपालिकामा ६५ लाख , मेलम्ची नगरपालिकामा ९३ लाख २० हजार , पाचपोखरी थांगपाल गाउँपालिकामा ६० लाख र चौतारा साँगाचोकगढी नगरपालिकामा ८३ लाख २० हजारका योजनाहरु संचालन हुनेछन।

जिरो मेलम्ची सडक , साँखु- फटकेस्वर सडक डबल लेन निर्माण सुरुभएको, चौतारा सिपाघाट साँखु सडक ,मेलम्ची भोताङ सडक निर्माण भैरहेका छन भने  मेलम्ची हेलम्बु सडक डिपिआर र IEE स्विकृत हुनुका साथै भदौरे धुसिनि कटुन्जे मेलम्ची नवलपुर चौतारा नौविसे सडक रणनैतिक सडकमापरेको छ।

योजनाहरुको विवरण :

 

तपाइँको प्रतिक्रिया ।