बुढानिलकण्ठ -१३ मा सामाजिक जागरण अभियान नेपाल ( SAMIN) को सरसफाई कार्यक्रम
कपन अनलाइन
काठमाडौं ,मंसिर २१।
सामाजिक जागरण अभियान नेपाल ( SAMIN) ले बुढानिलकण्ठ नगर स्तरीय बृहत सरसफाइ अभियान -२०७७ को चौथो सरसफाइ कार्यक्रम बुढानिलकण्ठ -१३ चुनिखेलमा गरेको छ।
बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडामा बृहत सरसफाई गर्ने अभियानमा रहेको सो संस्थाले चौथो कार्यक्रम अन्तर्गत वडा नं १३ का सिद्दी गणेश मन्दिर ,नौलिन मन्दिर लगायतका स्थानमा सरसफाई गरिएको थियो।
वडा नं १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, नेकपा १३ वडा कमिटी सचिव रामलाल श्रेष्ठ , बुनपा वडा – १३ नेका सभापति महेन्द्र श्रेष्ठ लगायतको उपस्थितिमा भएको सो कार्यक्रममा चखुन्चा युवा समूह , समृद्धि महिला समूह , शान्तिनगर महिला समूह ,नमुना बचत तथा ऋण सहकारी सस्था ,संयुक्त युवा सन्जाल,नेवा पुच , महिम नेवा क्लब, चुनिखेल गाइज , समाजसेवी, देवेन्द्र कुमार भण्डारी – पशुपति प्लास्टिक सप्लायर्सका हरि निरौलाले सहयोग गरेको संस्थाका सचिव सुबिन चालिसेले जानकारी दिएका छन।
बुढानिलकण्ठ नगरपालिकामा रहेका सम्पुर्ण सामाजिक सस्था, स्थानीय युवा क्लब, महिला समूह तथा आमा समूह लगायत अन्य सामाजिक संस्थाहरुलाई सरसफाइ अभियानमा सहभागी हुन समेत समिनका अध्यक्ष बिनोद भट्टराईले आव्हानगर्दै चौथो कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन।