गाँजा खेतीका लागि कानूनी मान्यताको पक्षमा नेपालको मतदान

कपन अनलाइन
काठमाडौं ,मंसिर १८।
नेपालले गाँजा खेतीका लागि कानूनी मान्यताको पक्षमा मतदान गरेको छ। विश्व स्वास्थ्य संगठनले ३ बर्ष अगाडी नै संयुक्त राष्ट्र संघलाई गाँजालाई लागू औषधको सुचीबाट हटाई यसलाई औषधिय गूण भएको बनस्पतिको सूचीमा राख्न गरेको पत्राचार र छलफल पश्चात भएको मतदानमा नेपालले पक्षमा मतदान गरेको हो।  नेपाल सरकारको निर्णय र आदेशमा जेनेभामा रहेका राजदुत प्रकाश कुमार सुबेदीले सो प्रस्तावको  पक्षमा मतदान गरेका छन ।
संयुक्त राष्ट्र संघको कमिसन अन नार्कोटिक ड्रगमा सचिवालयमा रहेका  ५३ सदस्य रास्ट्र मध्ये २७ मुलुकले गुपदार्थ सम्बन्धी अन्तरास्ट्रिय   सन्धिमा गाँजा प्रतिबन्धलाई खुकुलो बनाउने प्रस्तावको पक्षमा मतदान गरेका छन।
चिन ,ब्राजिल ,पाकिस्तान लगायतका रास्ट्रले सो प्रस्तावको विपक्षमा मतदान गरेका छन भने सो प्रतिबन्द फुकुवामा केहि शर्त हरु पनि रहेका छन।
यो प्रस्ताव पारित भए संगै सन्  १६६१ भएको  single convention on narcotics drug को Schedule IV बर्गिकरण हटेको छ।
तपाइँको प्रतिक्रिया ।