कागेश्वरी मनोहरा नगरपालिकाका विद्यालयहरु मंसिर २१ गते बाट संचालन हुने

कपन अनलाइन

काठमाडौं ,मंसिर १७ ।

कागेश्वरी मनोहरा नगरपालिकाका विद्यालयहरु मंसिर २१ गते बाट संचालन हुने भएका छन।कागेश्वरी मनोहरा नगरपालिकाको नगर शिक्षा समितिको सिफारिसका आधारमा निश्चित मापदण्ड र नियम भित्र रहेर मङ्सिर २१ गते बाट विद्यालय संचालन गर्न सकिने जानकारी नगरपालिकाले दिएको छ।

नगरपालिका क्षेत्रका कुनै पनि स्थानमा कोरोना संक्रमण देखिएको खण्डमा स्थानीय वडा कार्यालय संगको सम्पर्कमा विद्यालय पुन बन्द गर्न सकिने जानकारी दिदै नगरपालिकाले प्रत्येक सिफ्ट ४ घण्टा सम्मको बनाउन निर्देशन दिएको छ ।

तपाइँको प्रतिक्रिया ।