Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/01/10893610_583394758429379_120271528_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

लोकसेवा आयोगको परीक्षा तयारीका लागि मोवाइल एप्स

10893610_583394758429379_120271528_n

कपन अनलाइन\पुस २४, २०७१

एप्सहरूको लोकप्रियता बढेसँगै सरकारी सेवामा प्रवेश गर्ने एकमात्र माध्यम लोकसेवाको परीक्षा तयारीका लागि मोबाइल एप्स प्रयोग गर्न सकिने भएको छ । मन्त्र आइडियाजले तयार पारेको लोकसेवा नेपाल नामको एप्सबाट परीक्षार्थीहरूले लोकसेवाका सूचना, परीक्षा मिति तथा केन्द्र, विभिन्न सेवा तथा तहका पाठ्यक्रमहरू र नमुना प्रश्नपत्रहरू हेर्न सक्ने व्यवस्था मिलाएको छ ।

 

पछिल्लो समय नेपाली एप्सहरूले आफ्नो प्रभुत्व जमाउँदै गएको बेला सरकारी सेवामा छिर्न चाहनेका लागि एप्स अति उपयोगी हुने मन्त्र आइडियाजले बताएको छ । सरकारी सेवालाई पहिलो प्राथमिकताका साथ हेरिएको वर्तमान परिस्थितिमा बजारमा भित्रिएको लोकसेवा नेपाल एप्सले सूचना प्रविधीको क्षेत्रमा बाहुल्यता जमाउन सक्नेमा एप्स डेभ्लोपरहरू आशावादी रहेको बताइएको छ ।

 

पत्रपत्रिका, स्वास्थ्य, शिक्षा, रोजगारी सम्बन्धी सबै तथ्यहरू एप्सबाटहेर्न सकिने भएतापनि लोकसेवाले भने डिजिटल सूचना प्रविधीको खासै उपयोग गरेको थिएन । लोकसेवा नेपाल एप्स गुगल प्लेस्टोरएप्सझोलाबाट डाउनलोड गर्न सकिने डेभलपरले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।