नेकपा काठमाडौं क्षेत्र नं ४ (२ ) का जिल्ला सदस्यहरु संग छलफल,विकास र संगठनमा केन्द्रित हुने

कपन अनलाइन

काठमाडौं ,कार्तिक २९।

नेपाल कम्युनिस्ट पार्टी बागमती प्रदेस कमिटि सचिवालय सदस्य तथा नेकपा काठमाडौं क्षेत्र नं ४ (२ ) का इन्चार्ज सुन्दर पुर्कुटीको संयोजनमा क्षेत्रको प्रतिनिधित्व गर्ने जिल्ला सदस्यहरु संग विकास र संगठन केन्द्रित  छलफल गरिएको छ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा ,राजन भट्टराईको उपस्थितिमा भएको सो छलफलमा पार्टी केन्द्रको सर्कुलर लागु गर्दै संगठन विस्तार र परिचालनका योजना निर्माणका वारेमा छलफल गरिएको  काठमाडौं क्षेत्र नं ४ (२) का इन्चार्ज सुन्दर पुर्कुटीले बताए।

बागमती प्रदेस कमिटि सदस्य तथा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल,बागमती प्रदेस सभा सदस्य कुसुम कुमार कार्की,नगर उपप्रमुख रमा राई लगायतको सहभागिता रहेको सो छलफल कार्यक्रममा स्थानीय तहमा भएका विकास निर्माणका कामहरुमा सहयोग र  सक्रिय सहभागिता र पार्टीलाई मजबुद बनाउने उपायहरुका वारेमा गहन छलफल गरिएको जानकारी दिंदै पुर्कुटीले पार्टी र जनप्रतिनिधिहरुको समन्वयका लागि ठोस योजना बनाउने बताएका छन।

सो छलफलमा नेकपा काठमाडौंका जिल्ला सदस्यहरु विदुर विक्रम खड्का ,मिठाराम अधिकारी, सुशिला सिलवाल , डम्बर अधिकारी ,लक्ष्मी संग्रौला ,धुर्वराज न्यौपाने,उद्दव चौलागाई ,राजेन्द्र श्रेष्ठ,राजकुमार कार्की ,बेली कुमारी बिक र नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारी सहभागी रहेका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।