रुम्जाटार भेलाले नेकपा ओखलढुंगाको राजनीतिमा तरंग
कपन अनलाइन
ओखलढुंगा ,कार्तिक २९ ।
ओखलढुंगा जिल्लाको रुम्जाटार भएको एउटा भेलाले नेकपा ओखलढुंगाको राजनीतिमा तरंग सृजना गरेको छ। प्रदेस नं १ का पूर्वाधार विकास राज्यमन्त्रि अम्बिर बाबु गुरुङको उपस्थितिमा कार्तिक २२ गते भएको ओखलढुंगा जिल्लाको भौतिक पूर्वाधार विकास विषयक अन्तरक्रिया कार्यक्रमको भोलिपल्ट भएको आन्तरिक भेलाले अहिले नेकपा ओखलढुंगाको राजनीतिक माहोललाई निकै तताएको छ।
नेपाल कम्युनिस्ट पार्टी सिद्दी चरण नगरपालिका वडा नं ४ कमिटीको ब्यानरमा गरिएको सो अन्तरक्रिया कार्यक्रममा ओखलढुंगा जिल्लाको पूर्वाधार विकासका वारेमा अन्तरक्रिया गरिएको थियो भने भोलि पल्ट भएको गोप्य भेलामा राजनीतिक विषय र नेकपा ओखलढुंगाको राजनीतिक र शैदान्तिक विषय र भावी समिकरणका वारेमा प्रशिक्षण दिइएको भेलामा सहभागी एक नेताले जानकारी दिएका छन।
मन्त्रि गुरुङ सहित प्रदेस नं १ कमिटी सदस्य नानिबाबु बुढाथोकी,जिल्ला कमिटी सदस्य तथा चम्पादेवी इन्चार्ज तिर्थ सुवेदी ,जिल्ला कमिटी सदस्य तथा चम्पादेवी सह इन्चार्ज सुरेस थापा लगायतको उपस्थितिमा भएको अन्तरक्रिया कार्यक्रममा पूर्वाधार विकास र योजनाहरुको वारेमा छलफल गरिएको भएता पनि नेताहरुको उपस्थिति र सहभागिता हेर्दा भने यो भेलाले नेकपा ओखलढुंगामा बदलिँदो समीकरण तर्फ संकेत गरेको एक जिल्ला नेताले बताएका छन।
ओखलढुंगा जिल्लाका नेता तथा पहिलो संविधान सभाको निर्वाचन तत्कालिन क्षेत्र नं २ बाट निर्वाचित नेता बालकृष्ण ढुंगेल समेतको उपस्थिति भएको भनिएको सो गोप्य अन्तरक्रिया र गोप्य भेलामा प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार र प्रदेस सभा सदस्य तथा नेकपा ओखलढुंगा जिल्ला अध्यक्ष मोहन कुमार खड्काको अनुपस्थिति निकै अर्थपूर्ण रहेको जिल्लाको बामपन्थी आन्दोलनमा सक्रिय रहेका एक शिक्षकले बताएका छन।
निकै लामो कसरत पछी ओखलढुंगा जिल्लाका सबै निर्वाचन क्षेत्रमा विजय प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टी ओखलढुंगामा नेताहरुको टकराव र संघर्स सतहमा नै प्रकट हुन थालेको एक बुद्दिजीवी बताउछन।नेपाल कम्युनिष्ट पार्टीकाका तत्कालिन दुवै पुर्व पार्टीहरुका समीकरणको प्रभावमा नया किसिमको संघर्षको अभ्यास गर्न खोजिएको संकेत देखिएको भन्दै उनले यो अझै बढ्ने सक्ने धारणा राखेका छन।
पछिल्लो चरणमा ओखलढुंगा जिल्ला भएका गतिविधि र अभ्यासहरुले प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार ,प्रदेस नं १ का भौतिक पूर्वाधार मन्त्रि अम्बिर बाबु गुरुङ ,जिल्ला अध्यक्ष मोहन कुमार खड्का र नेता बालकृष्ण ढुंगेल लगायतको सक्रियता र भूमिकाले धेरै प्रश्न जन्माएको बताउदै ओखलढुंगा-काठमाडौं सम्पर्क मंचका एक पुर्व पदाधिकारीले सो अभ्यास गाउँ तह सम्म पुग्ने आशंका रहेको धारणा राखेका छन।