काठमाडौं क्षेत्र नं ४ बुढानिलकण्ठ -११ का योजना निरिक्षणमा डा. राजन भट्टराई
कपन अनलाइन
काठमाडौं ,कार्तिक २७ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा.राजन भट्टराईले काठमाडौं क्षेत्र नं ४ अन्तर्गत रहेको बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का विभिन्न विकास योजनाहरुको निरिक्षण गरेका छन।
बुढानिलकण्ठ नगरपालिकाको ठुलो मध्येको एक वडा नं ११ मा संघीय ,प्रदेस र स्थानीय सरकारको पहलमा १० वटा योजनाहरुको निरीक्षण गरी निर्माण अवस्थाका वारेमा जानकारी लिएका हुन।
काठमाडौं क्षेत्र नं ४ का १२ वटै वडामा संचालन भैरहेका योजनाहरुको निरीक्षण र समस्याहरुको सामाधानका लागि पहल र सहजीकरण गर्दै आएका डा. भट्टराईले यस अघि बुढानिलकण्ठ नगरपालिका वडा नं १ ,९ र काठमाडौं महानगरपालिका वडा नं ७ र ३० का योजनाहरुको निरीक्षणमा गरिसकेका छन।
बुढानिलकण्काठ नगरपालिकाकी उपप्रमुख रमा राई,काठमाडौं जिल्ला कमिटी सचिवालय सदस्य सुकुलाल सुनार (संगम), जिल्ला कमिटी सदस्य धुर्वराज न्यौपाने,नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारी,सचिव प्रदिप डंगोल, वडा नं ११ का अध्यक्ष राजु अधिकारी,सदस्य बिनोद तामांग,विमल लामा ,भगवती निरौला ,नगर कमिटी सदस्य सर्कि शेर्पा, लसुनटार च्यानेडाँडा खेल मैदान उपभोक्ता समितिका अध्यक्ष दिलिप थापा मगर सहित वडा नं ११ मा पुगेका डा.भट्टराईले कृष्ण मन्दिर -दारेगौडा- सहिद पार्क,मनकामना राममन्दिर नगर नमुना मार्ग ,शेर मार्ग,आकाशे धारा -राममन्दिर सडक,चुनदेवी मार्ग पैयाटार सडक ढलान,ठुलधारा मार्ग,सिद्दी विनायक मार्ग ,गुरुङ टोल ,खादद सुन्दर बस्ती सडक र लसुनटार च्यानेडाँडा खेल मैदान निर्माण स्थलको निरीक्षण गरेका हुन।
वडा नं ११ योजनाहरुको निरीक्षण गर्दै डा.भट्टराईले जनप्रतिनिधिहरुलाई ठुला पूर्वाधार विकासका योजनाहरुको तयारी गर्न आग्रह गर्दै लसुनटार च्यानेडाँडा खेल मैदान निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिवदत्ता व्यक्त गरेका थिए।
वडाका विभिन्न योजनाहरुको निरीक्षणका क्रममा दिर्घकालिन महत्वका पूर्वाधारहरुका वारेमा जानकारी दिदै वडा नं ११ का अध्यक्ष राजु अधिकारीले वडाको एक विधालयमा स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा शिक्षालय संचालनका लागि सहयोग गर्न आग्रह गरेका थिए।