गोकर्णेश्वर महादेव मन्दिरमा बिशेष क्षमा पुजा

कपन अनलाइन

काठमाडौं कार्तिक २६  ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ को  लिच्छविकालमा निर्माण भएको ऐतिहासिक, धार्मिक, सांकृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण  गोकर्णेश्वर महादेव मन्दिरमा आज विशेष क्षमा पूजा गरिएको छ । काठमाडौँको उत्तरपूर्वमा अवस्थित लिच्छवीकालिन उक्त मन्दिरमा गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ को संयोजनमा आज कोरोना विशेष क्षमा पूजा को साथै  दिपावली तथा छठ पर्वको शुभकामना आयोजना गरेको हो ।

उक्त कार्यक्रममा प्रमुख अतीथीको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे रहेका थिए भने  बिशेष अथितिको रुपमा गोकर्णेश्वर नगरपालिका कि उप प्रमुख शान्ती नेपाल, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य,  गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना,  वडा नं १ का वडा अध्यक्ष राम मानन्धर, ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, ६ का वडाअध्यक्ष रमेश अर्याल ७ का वडा अध्यक्ष केशब गुरुङ,वडा नं ९ का वडा अध्यक्ष राजिब थापा , गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, धार्मिक समिति संयोजक दिवाकर भण्डारी मन्दिरका मूल भट्ट जगदीश चन्द्र भट्ट  छाना निर्माण समितिका अध्यक्ष कोमल बहादुर बिष्ट लगायत कार्यपालिका सदस्य सहित वडा सदस्यहरु तथा स्थानीयको उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर नगरपालिका वडा नं ४ का  वडा सदस्य जयराम महतले गरेका थिए भने कार्यक्रम संचालन ईश्वर पाण्डेले गरेका थिए।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य बालकृष्ण श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए। क्षमा पूजाको उद्घाटन सत्रमा  कान्तिभैरव गुरुकुलका बटुकहरुले बौद्धिक मंत्रोच्चारण गरेका थिए ।कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर महादेव मन्दिरका मूल पुजारी जगदीश चन्द्र भट्टले मन्दिरकै नामबाट नगरपालिकाको नामाकरण भएको सो महादेव मन्दिरमा कोरोना सुरू भए यता नित्य पूजा बाहेक कुनै ठुलो पूजा नगरिएको बताए ।

मन्दिरमा बाबुको मुख हेर्ने दिन अर्थात कुशे औँशीमा मेला लाग्ने भएता पनि यो वर्षको औँशीमा भने मन्दिर बन्द रहेको बताए  ।उनले गोकर्णेश्वर महादेव मन्दिरमा अहिले जीर्णोद्धारको काम समेत भईरहेको हुँदा सो काममा नगरपालिकाले सहयोग गरिरहेको बताएका थिए । कार्यक्रममा सम्पूर्ण वडाअध्यक्षहरुको तर्फ बाट गोकर्णेश्वर नगरपालिका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोजकुमार ढुंगानाले शुभकामना मन्तब्य  राखेका थिए ।

 अत्यन्तै संक्षिप्त रुपमा आयोजित उक्त बिशेष क्षमा पुजा उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले क्षमा पुजाले मात्र कोरोना संक्रमण नियन्त्रणमा आइ हाल्ने त होइन तर नेपालमा बहु संख्याक हिन्दु छन, हिन्दु भएको नाताले हाम्रा धेरै धार्मिक बिस्वास रहेको हुँदा त्यो धार्मिक बिश्वासलाइ मान्नु पर्ने बताए।

 उनले पहिले हाम्रा पुर्खाहरुले महामारीको समयमा महामारी कम गर्न क्षमा पुजा गर्ने गरेको बताउदै कोरोना महामारीको बेलामा क्षमा पुजा त परै जावस कतिपय मन्दिरहरुमा नियमित पुजा समेत रोकिएको बताए। उनले गोकर्णेश्वर नगरपालिकाको  नामकरण  समेत सोहि मन्दिरको नाम बाट भएको हुँदा कोरोना बिशेष क्षमा पुजा गरेको बताए।  उनले कोरोना संक्रमण न्यूनीकरण होस् र संक्रमितहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै आउदै गरेको दिपावली छठ लगायतको पर्वहरु  सचेत  एबम सुरक्षित हुदै मनाउन आग्रह सहित शुभकामना ब्यक्त गरेका थिए ।अध्यक्षताको आसन बाट बोल्दै  गोकर्णेश्वर नगरपालिका वडा नं ४ का  वडा सदस्य जयराम महतले उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।