बुढानिलकण्ठ नगरपालिका वडा नं १ का योजनाको निरीक्षणमा डा. राजन भट्टराई
कपन अनलाइन
काठमाडौं ,कार्तिक २२।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले बुढानिलकण्ठ नगरपालिका वडा नं १ का विभिन्न योजनाहरुको निरीक्षण गरेका छन।
डा. भट्टराईको नेतृत्वमा नेकपा बागमती प्रदेस कमिटी सदस्य तथा बुढानिलकण्ठ नगर प्रमुख उद्दव खरेल ,प्रदेस कमिटी सदस्य सुन्दर पुर्कुटी, नेकपा जिल्ला कमिटी सदस्य विदुर विक्रम खड्का ,बुढानिलकण्ठ नगरपालिका उपप्रमुख रमा राई ,नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारी ,वडा नं १ का अध्यक्ष सुरेन्द्र लामा,सदस्य नबिन श्रेष्ठ ,नेकपा वडा नं १ का अध्यक्ष मनिस भण्डारी सहितको टोलीले वडा नं १ र २ को सिमानामा रहेको शिवालय फुलवारी टोल सडक,निलोपुल,मुहान पोखरी सडक ,सिमली चौकी डाँडा- तौलुंग चौतारा सडक र जय भद्रकाली स्कुल बाट वडा कार्यालय जाने सडक लगायतका योजनाहरुको निरीक्षण गरेको थियो।
वडा नं १ का विभिन्न योजनाहरुको निरीक्षण पश्चात बोल्दै डा. राजन भट्टराईले वडाले छोटो समयमा गरेका पूर्वाधार निर्माण र विकासका कामहरुको प्रसंशा गरेका थिए। काठमाडौं क्षेत्र नं ४ को सिरानमा रहेको वडाले विकास निर्माणमा उदाहरणीय कार्य गरेको सो कार्यमा संघीय सरकार र अन्य निकायहरु बाट हुने सहयोगमा आफुले पहल गर्ने प्रतिवदत्ता व्यक्त गरेका थिए।
त्यस्तै सो अवसरमा वडा नं १ का अध्यक्ष सुरेन्द्र लामाले प्रकृतिमा निकै सुन्दर तर भूगोलमा कठिन रहेको वडामा जनप्रतिनिधि निर्वाचित भएर आए पछी करिव ६५ प्रतिसत सडक तथा अन्य पूर्वाधार निर्माण सम्पन्न भएको जानकारी दिदै थप स्थानाम पनि ठुला योजना निर्माणाधीन रहेको बताएका थिए।
वडा नं १ मा ५ लाख लिटरको खानेपानी योजना निर्माणका लागि डीपीआर तयार भएको र चाडै निर्माणको चरणमा जाने जानकारी दिंदै वडा अध्यक्ष लामाले कठिन भूगोललाई सुगम सम्भावनामा बदल्ने आफ्नो प्रयासमा पार्क निर्माणका लागि सहयोग गर्न डा. राजन भट्टराई संग अनुरोध गरेका थिए ।