बुढानिलकण्ठ नगरपालिका वडा नं १ का सात जना नेकपामा प्रवेस
कपन अनलाइन
काठमाडौं ,कार्तिक २२।
बुढानिलकण्ठ नगरपालिका वडा नं १ का सात जना नेकपामा प्रवेस गरेका छन। नेपाल कम्युनिस्ट पार्टीको प्रतिनिधित्व गर्दै वडा नं १ मा निर्वाचित जनप्रतिनिधिहरुले गरेको विकासमुखी काम र नेपाल कम्युनिस्ट पार्टीको विचार र सिदान्त बाट प्रभावित भएर पार्टी प्रवेस गर्नेमा ५७ वर्षीय बिर बहादुर लामा सहित ७ जना रहेका छन।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले ५७ वर्षीय लामा सहित मैना लामा, कुमारी लामा, जूनी राई ,ज्ञान बहादुर लामा ,निर्मल लामा ,राजेन्द्र ठकुरी लगायतलाई नेकपमा प्रवेस गराएका थिए।
नेकपा बागमती प्रदेस कमिटी सदस्य तथा बुढानिलकण्ठ नगर प्रमुख उद्दव खरेल ,प्रदेस कमिटी सदस्य सुन्दर पुर्कुटी , नेकपा जिल्ला कमिटी सदस्य विदुर विक्रम खड्का ,बुढानिलकण्ठ नगरपालिका उपप्रमुख रमा राई ,नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारी ,नेकपा वडा नं १ का अध्यक्ष मनिस भण्डारी लगायतको उपस्थितिमा भएको प्रवेस कार्यक्रममा वडा नं १ का अध्यक्ष सुरेन्द्र लामाले नवप्रवेसीहरुलाई स्वागत गर्दै उनीहरुको उपस्थितिले नेकपा वडा नं १ थप बलियो भएको बताएका थिए।
बुढानिलकण्ठ नगरपालिकाको शिरमा रहेको वडा नं १ ले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुका साथै सामाजिक र सांस्कृतिक विकासलाई पनि संगै अगाडी बढेको बताउदै अध्यक्ष लामाले यो अभियानमा नया प्रवेस गर्नेहरुको भूमिका झन् महत्वपूर्ण हुने बताएका थिए।
त्यस्तै नवप्रवेसीहरुलाई अभिर र खादाले स्वागत गर्दै डा.राजन भट्टराईले काठमाडौं क्षेत्र नं ४ को उत्तरी भेगमा रहेको वडा नं १ को विकास र समृद्धिको अभियानमा सामेल हुनका लागि आएका सबैलाई धन्यवाद दिदै आगामी दिनमा पार्टीको महत्वपूर्ण स्थानमा भूमिका निर्वाह गर्नका लागि आग्रह गरेका थिए।
स्थानीय तहमा जनप्रतिनिधि आउनु अघि र आएपछीको वडा नं १ को विकासलाई तुलना गर्नका लागि आग्रह गर्दै डा.भट्टराईले विकास संगै संगठन निर्माण र विस्तारलाई प्रभावकारी ढंगले अगाडी लैजान निर्देशन दिएका थिए।