काठमाडौं क्षेत्र नं ५(२) को विकासमा पार्टी र जनप्रतिनिधिको सहकार्य
कपन अनलाइन
काठमाडौं ,कार्तिक २१ ।
काठमाडौं क्षेत्र नं ५ (२) मा अन्तर्गत रहेका तिन नगरपालिकाका १२ वटा वडा बाट नेपाल कम्युनिस्ट पार्टीको नगर कमिटीमा प्रतिनिधित्व गर्ने नगर कमिटि सदस्य तथा जनप्रतिनिधिहरु विच छलफल सम्पन्न भएको छ।
बुढानिलकण्ठ नगरपालिकाका वडा नं ३ देखि ७ ,टोखा नगरपालिकाका वडा नं २ देखि ७ र काठमाडौं महानगरपालिकाको वडा नं ३ रहेको काठमाडौं क्षेत्र नं ५ (२) मा विकास योजना छनौट , विकास निर्माणमा पार्टीको सहभागिता र सरोकार तथा संगठन परिचालन लगायतका विषयमा भएको सो छलफलको संयोजन काठमाडौं क्षेत्र नं ५ (२ ) बाट निर्वाचित बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौलाले गरेका थिए।
नेपाल कम्युनिस्ट पार्टी टोखा नगर कमिटिका अध्यक्ष दिपक बानिया ,सचिव सत्य नारायण डंगोल ,नेकपा बुढानिलकण्ठका सचिव प्रदिप डंगोल ,उपप्रधानमन्त्री ईश्वर पोखरेलको सचिवालयका सदस्य धुर्व थपलिया लगायतको उपस्थितिमा भएको सो छलफलमा पार्टी र जनप्रतिनिधि विचको सम्बन्ध ,समस्या र रचनात्मक गतिविधि मार्फत संगठन परिचालनका विषयमापनि गम्भीर समिक्षा गरिएको थियो।
योजना छनौट र बिकास योजना अनुगमनमा पार्टीको भूमिका,पार्टी काम संगै श्रम शिविर र विकास अभियान संचालनका लागि सुझाव लिन सो छलफल आयोजना गरिएको बताउदै प्रदेस सभा सदस्य दिपक निरौलाले पार्टी एकता आजको आवस्यकता रहेकोले शाखा स्तर सम्म अन्तिम रुप दिन छलफल सहयोगी बनेको धारणा राखेका थिए।
त्यस्तै पार्टि केन्द्रको निर्णय अनुसार सरकार र पार्टी नेतृत्वले कार्यबिभाजन अनुसार काम गर्नुपर्ने बताउदै निरौलाले काठमाडौं ५(२) का विभिन्न् योजनाहरुका वारेमा जानकारी दिएका थिए।