टोखा नगरपालिकामा थप ६१ जना कोरोना संक्रमण पुष्टि

कपन अनलाइन

काठमाडौं ,कार्तिक २१/  नविना श्रेष्ठ

टोखा नगरपालिकामा थप  ६१ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ। हाल सम्म कोभिड-१९ कोरोना भाइरस संक्रमण वाट मृत्यु हुनेको संख्या ८ जना पुगेका छन्। जम्मा संक्रमित सख्या २५९४ जना पुगेको छ। टोखा नगरपालिकाको विवरण अनुसार संक्रमित महिला सख्या बढेर १०९९ जना रहेको र पुरुष सख्या १४९५ जना रहेका छन् भने हाल सम्म कोभिड-१९ कोरोना भाइरस संक्रमण बाट निको भएका मानिसहरुको सख्या २९८८ जना पुगेका छन्।

हाल कार्तिक २० गते वडा गत विवरण अनुसार संक्रमित महिला सख्या ३२ जना रहेको र पुरुष सख्या २९ जना रहेका छन्। भने होम आइसोलेसनमा ५८ जना रहेको र अस्पतालमा १ जना रहेका छन्। टोखा नगरपालिकाको वडा गत विवरण अनुसार वडा नं १ मा १ जना वडा नं २ मा ७ जना वडा नं ३ मा ६ जना वडा नं ४ मा ६ जना वडा नं ५ मा ८ जना वडा नं ६ मा १२ जना वडा नं ७ मा ९ जना वडा नं ८ मा १ जना वडा नं ९ मा १ जना वडा नं १० मा ६ जना वडा नं ११ मा २ जना रहेका छन्।

त्यस्तै  २ जना सम्पर्क विहिन भए सँगै जम्मा संक्रमित सख्या ६१ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्। CICT Team ले ६१ जनाको case Investigation गरेको छ। टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेसनमा कोरोना सङ्क्रमित ३ जना रहेका छन्।

तपाइँको प्रतिक्रिया ।