भारत लगेर यौन शोषण गर्ने फरार प्रतिवादी पक्राउ

भारत लगेर यौन शोषण गर्ने फरार प्रतिवादी पक्राउ

कपन अनलाइन

काठमाडौं ,कार्तिक १९।

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी लमजुङ बेसीशहर नगरपालिका-३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका- ५ बस्ने ६३ वर्षीय चन्द्र बहादुर अधिकारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
घर सहयोगीको रुपमा राखेकी ६६ वर्षीया महिलालाई चन्द्र बहादुरले बिरामी श्रीमतीलाई भारतमा उपचार गर्न लैजान लागेको र उनको स्याहार सुसारको लागि भारत जाउँ भन्दै आर्थिक प्रलोभनमा पारी २०७६ पुस २ गते वीरगंजको रक्सौल हुँदै कलकत्तास्थित मुकुन्दपुर पुर्याई  यौन शोषण तथा जबरजस्ती करणी गरेको भन्ने मानब बेचबिखन तथा ओसारपसार मुद्दामा घटना पश्चात चन्द्र बहादुर फरार रहेका थिए ।
फरार चन्द्र बहादुरलाई चितवन भरतपुर महानगरपालिका-५ तोरीखेत भन्ने ठाउँमा लुकिछिपी रहेको भन्ने विशेष सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको उक्त ब्यूरोले जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।