कोरोना कहरले छेकेको छैन तारेभिर आधारभूत विद्यालयको पठन पाठन

कोरोना कहरले छेकेको छैन तारेभिर आधारभूत विद्यालयको पठन पाठन

कपन अनलाइन

काठमाडौं ,कार्तिक १८।

शिवपुरी पर्वत शृंखलाको काखमा रहेको  तारेभिर आधारभूत विद्यालयमा कोरोना कहरका विच पनि पठन पाठन सुचारु रहेको छ।आधारभूत तह सम्म मात्र संचालित सो विद्यालयले सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाउदै नियमित रुपमा पठन पाठन शुरु गरेको हो।

स्थानीय विद्यार्थीहरु अझै पनि उच्च शिक्षाका लागि घन्टौको यात्रा गरेर गोकर्ण वा बुढानिलकण्ठ सम्म जानुपर्ने बाध्यतामा रहे पनि आधारभूत तहको भने लकडाउन भएको केहि समय पश्चात नै पठन पाठन शुरु गरिएको हो।

काठमाडौं उपत्यकाका प्राय सबै पर्वतहरुमा पूर्वाधारको विकास भए पनि उत्तरी भेगमा रहेको यस स्थानमा भने भर्खर मात्र नियमित यातायात सेवा शुरु भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रहेको तारेभिरका स्थानीयहरु आफ्ना बालबालिकाहरुलाई शिक्षा प्रदान गर्न कै लागि काठमाडौंका विभिन्न स्थानमा कोठा भाडामा लिएर बस्नुपर्ने बाध्यतामा रहेका छन।

सडक संजालले जोडिए संगै सो क्षेत्रमा शैक्षिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नु पर्ने स्थानीय हरुको माग रहेको एक जनप्रतिनिधिले बताएका छन। सो क्षेत्रमा एक मात्र आधारभूत तहको शैक्षिक संस्था रहेको छ ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।