टोखा नगरपालिकामा थप ४१ जनामा कोरोना संक्रमण पुस्टि
कपन अनलाइन
काठमाडौं ,कार्तिक १८/ नविना श्रेष्ठ कार्तिक
टोखा नगरपालिकामा थप ४१ जना संक्रमण पुष्टि संक्रमित सख्या बढेर २३७६ पुगेको छ। वडागत विवरण अनुसार संक्रमित महिला सख्या २० जना रहेको र पुरुष सख्या २१ जना रहेका छन्। जम्मा संक्रमित सख्या भने ४१ जना रहेका छन्। कोरोना भाइरस संक्रमण भएका संक्रमित होम आइसोलेसनमा ३८ जना रहेको र अस्पतालमा २ जना रहेका छन् भने १ जना सम्पर्क विहिन भएका छन्।
वडागत विवरण अनुसार भने वडा नं २मा १ जना , वडा नं ३मा ५ जना, वडा नं ४मा ८ जना, वडा नं ५ मा ४ जना, वडा नं ६ मा ३ जना, वडा नं ७ मा १० जना, वडा नं ८ मा ३ जना, वडा नं १० मा ४ जना, वडा नं ११ मा १ जना रहेका छन् भने सम्पर्क विहिन भएका २ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।
CICT Team ले ४१ जनाको Case Investigation गरेको छ। टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १ जना संक्रमित नयाँ भर्ना भएका छन्। १ जना डिस्चार्ज भएसँगै जम्मा संक्रमित सख्या ३ जना रहेको छ।