कराते वर्ल्ड च्याम्पियनसिपमा निता र सोनिमलाई स्वर्ण
कपन अनलाइन
काठमाडौं ,कार्तिक १५ ।
अनलाईनल कराते वल्र्ड च्याम्पियनसिपमा नेपालले २ स्वर्ण, १ रजत र ७ कास्य पदक जित्न सफल भएको छ ।
नेसनल कराते अफ ब्राजिलको आयोजनमा ३० र ३१ अक्टोबरमा भएको अनलाईन काता च्याम्पियनसिपमा नेपालले उक्त पदक प्राप्त गर्न सफल भएको प्रशिक्षक तथा खेलाडी रविन्द्र मानन्धरले जानकारी गराएका छन ।
नेपालका लागि निता आचार्य र सोनिम मानन्धरले स्वर्ण पोल्टामा हाल्न सफल भएका थिए । ब्राउन बेल्ट देखि ब्लाक बेल्ट सम्मको प्रतिस्पर्धा गराईएको च्याम्पियनसिपको १३ देखि २१ बर्ष समूहमा निताले २४.७० अंक प्राप्त गर्दै आयोजक ब्राजिलकी क्यारोलिन एजोभेदोलाई पराजित गर्दै स्वर्ण कब्जा गरेकी हुन् । क्यारोलिनले २४.५५ अंक प्राप्त गरेकी थिईन् । तेश्रो स्थानमा ईन्डोनेसिया र भारतका खेलाडीहरु रहे ।
यस्तै पुरुष तर्फको सोहि स्पर्धामा नेपालका सोनिम मानन्धरले २४.९६ अंकका साथ स्वर्ण हात पारे । उनले भारतको सायक कमाकरलाई पराजित गरेका थिए । सायकले २४.७३ अंक हात पारेका थिए । तेश्रो स्थानमा क्युवा र ब्राजिलका खेलाडी रहे ।
निता र सोनिमले वेष्ट अफ दि वेष्ट तर्फ पनि कास्य पदक प्राप्त गरे । निताको समूहमा ब्राजिलले स्वर्ण, पेरुले रजत र ईन्डोनेसियाले कास्य पाए । यस्तै सोनिमको समूहमा मोरक्कोले स्वर्ण प्राप्त गर्दा ईन्डोनेसियाले रजत र कास्य पायो ।
यस्तै नेपालका लागि सञ्जु देसारले रजत हात पारिन् । महिला १४ देखि १५ बर्ष उमेर समूहमा देसारले २५.३१ अंक प्राप्त गरेकी थिईन् । प्रथम स्थान हात पारेकी इन्डोनेसियाकी नविला सकिलालिनोमले २५.३५ अंकका साथ स्वर्ण जितेकी थिईन् । तेश्रो स्थानमा रसिया र ब्राजिलका खेलाडी रहे ।
पुरुष ग्रिन देखि ब्लाकबेल्ट ८ देखि ९ बर्ष उमेर समूहको प्रतिस्पर्धामा सत्कार घर्ती मगरले ३७.१० अंक प्राप्त गर्दै नेपालका लागि कास्य जोडे । भेनेजुएलाका ग्राबिल ईडुआर्डोले ३२.३० अंकका साथ स्वर्ण र ईन्डोनेसियाका मोहमद अल तरावीले ३२.१७ अंकका साथ रजत पाए । यस्तै पेरुका आर्तुरो सान्चेजले कास्य पाए ।
महिलाको ह्वाईट÷एलो बेल्टको १४ – १५ बर्ष समूहमा दीपिका सापकोटाले २३.०१ अंकका साथ कास्य पाईन् । सो स्पर्धामा आयोजक ब्राजिलका खेलाडीहरुले स्वर्ण, रजत र कास्य पाए । यस्तै महिलाकै अरेन्ज ÷ रेड बेल्टमा अनुभा मङ्गर्तीले कास्य पाईन् । उनले २२.७३ अंक हात पारेकी थिईन् । सो स्पर्धामा उज्वेकिस्तानले स्वर्ण तथा ब्राजिलले रजत र कास्य पाए ।
महिला जुनियर १३ देखि २१ बर्ष उमेर समूहमा मिस्ली श्रेष्ठले २३.५३ अंकका साथ कास्य हात पारिन् । यस स्पर्धामा पहिलो , दोश्रोका साथै अर्को तेश्रो स्थान ब्राजिलले हात पा¥यो ।
१२ देखि ३१ बर्ष ब्लाक बेल्ट स्पर्धामा भने नेपालका खेलाडी राज कुमार श्रेष्ठ पाँचौ स्थानमा रहे ।मास्टर्स ३२ देखि ४१ बर्ष उमेर समूहमा नेपालका प्रशिक्षक एवं खेलाडी रविन्द्र मानन्धरले कास्य पदक प्राप्त गरे । उनले २४.१७ अंक प्राप्त गरेका थिए । सो स्पर्धामा स्वर्ण र रजत आयोजक ब्राजिलले हात पा¥यो । हेल्दर कोटेस बोनिफासियोले २४.७३ अंक र कृष्टिआनो भानीले २४.३० अंकका साथ स्वर्ण र रजत प्राप्त गरे । अर्को कास्य पदक ब्राजिलकै पोल्टमा प¥यो ।
उक्त च्याम्पियनसिपमा नेपालको तर्फबाट रवी शाहीले संयोजनको भूमिका निर्वाह गर्नुका साथै निर्णायकको भूमिका पनि निर्वाह गरेको प्रशिक्षक रविन्द्र मानन्धरले जानकारी गराए ।