Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/120937749_1078389799333949_2094247178750712374_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/72228048_10156613162293715_4286638714462928896_n-1.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वरको लायन्स आइसोलेसन केन्द्रका एक जटिल संक्रमितलाइ अस्पताल भर्ना गरियो

कपन अनलाइन

काठमाडौं ,कार्तिक १५। गोकर्णेश्वरको कोभिड १९ लायन्स आइसोलेसन सेन्टरमा  रहेका एक जना जटिल  संक्रमितको थप उपचारको लागि लायन्स सदस्यहरुको सक्रियतामा नेपाल मेडिकल कलेजमा निशुल्क भर्ना गरिएको छ।काठमाडौं उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बढेसँगै संक्रमितको उपचारमा सहयोग पुगोस भनेर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले गोकर्णे  आइसोलेसन केन्द्रको रुपमा संचालन गरेको हो। उक्त आइसोलेसन केन्द्रमा  सामान्य लक्षण भएको  कोभिड  संक्रमित  जो कोठामा बहाल तिरेर बस्छन जसको अन्य स्थानमा छुट्टै बस्ने अवस्था छैन त्यस्ता ब्यक्तिहरुको लागि केन्द्रित गरि रुपमा निशुल्क  संचालन गरिदै आएको छ ।

 

चार पटकको निशुल्क खाना सहितको व्यवस्था भएको उक्त आइसोलेसन बाट धेरै जना कोरोना जितेर घर समेत फर्किसकेको आइसोलेसन सेन्टर कमिटिको प्रशासन उपसमिति संयोजक तथा  माइ एल सी आइ चिफ लायन  रमेश लामाले कपन अनलाइनलाइ बताए । उनले आइसोलेसन संचालन भए पनि व्यवस्थापन कार्यमा लायन्स सदस्यहरुले धेरै सक्रियता देखाएको  बताए। उनले आइओलेसन संचालन भए पनि  नेपालको बर्तमान स्वास्थ्य प्रणाली प्रति दुख लागेको बताए। उनले उदाहरण दिदै भने

 कोभिड १९ लायन्स आइसोलेसन सेन्टरमा बस्दै आएका सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे न पा १ स्थायी बसोबास गर्ने हाल  गोकर्णेस्वर न पा २ मा अस्थायी बसोबास गर्दै आएका एक जना ४२ बर्षीय शेर्पाको आर्थिक अवस्था कमजोर  हुँदा तीन सन्तानलाई समेत पढाउन नसक्दा  गुम्बामा  निशुल्क   लामा अध्ययनका लागि    छन। जसको   श्रीमती समेत रोगी र कान नसुन्ने रहेकी छिन । कोरोना संक्रमित भए संगै  कोभिड १९ लायन्स आइसोलेसन सेन्टरमा बसेका उनमा कोरोनाको लक्षण बढ्दै गएर स्वास प्रश्वासमा जटिल समस्या सहित उच्च ज्वरो र खोकीले ग्रस्त भएपछि  थप उपचारका लागि अस्पताल लैजान पर्ने भयो तर बिडम्बना “उही आर्थिक समस्या!” उनले भने।

हालको कोरोना उपचारमा उपचार शुल्क भनौं वा हस्पिटलको मेनु भनौं; गरिबका लागि असम्भव प्राय नै छ । यसै सिलसिलामा नेपाल मेडिकल कलेज शिक्षण अस्पताल लाई निशुल्क उपचारका लागि स्वयंसेवी लायन सद्स्यको हैसियतले आग्रह गरियो तर ५० हजार देखि १ लाख डिपोजिट गर्नु पर्ने एक डक्टरले बताए  ।

 यससंगै सो डाक्टर साबले निशुल्क उपचारको एउटा उपाय भने बताउनु भयो ,उनले थप प्रस्ट पर्दै भने  यसका लागि स्वास्थ्य मन्त्रालयबाट रिफर गराइदिन सकिएमा बिरामीलाई निशुल्क तर मन्त्रालयबाट सोधभर्ना (Re-imburse) लिन सकिने बताए । त्यसपछि बिभिन्न सम्पर्क माध्यमबाट बल्ल बल्ल मन्त्रालयबाट रिफर गर्न सफल भइयो। हाल ती संक्रमित ब्यक्ति नेपाल मेडिकल कलेज, आतरखेलमा निशुल्क भर्ना भएका छन  र उपचार समेत शुरु भएको बिरामी स्वयंले हार्दिक आभारीका साथ खोकीमिश्रीत रुञ्चे अल्प स्वरमा मलाई ”धेरै धेरै धन्यवाद ” भने (परिवारले पनि) ।एकपल्ट मेरो पनि तुरुक्क आँशु झर्‍यो।कम्तिमा हस्पिटल पुर्याइदिन पाएँ खुशी लाग्यो ।ती संक्रमितको निरन्तरको लहरेखोकीको आवाज, ज्वरोको हनहनी मोबाइलबाट सुन्नु पर्दा त रातभर उकुसमुकुस र पीडा भयो भने ती संक्रमितलाई कति पिडा भयो होला ? तसर्थ संक्रमणबाट सुरक्षित हुनुको बिकल्प  रहेन अब ! दुखि हुँदै उनले सुनाए ।

 कोरोना बाट जटिल रुपमा संक्रमित भएका आर्थिक रुपले विपन्न का लागि निशुल्क उपचार लिन प्रत्येक अस्पतालमा भएको ”विपन्नता भएको स्वघोषणा फाराम” भरे पुग्ने र केही समस्या भएमा स्वास्थ्य मन्त्रालय को हट लाईन मोबाइल नम्बर ९८५१२५५३३७, ९८५१२५५३३८ र ९८५१२५५३३९ मा सम्पर्क गरेर उपचार सुबिधा लिन सकिने ब्यबस्था भएको  पनि जानकारी   गराए  ।

उनले सो संक्रमितलाइ अस्पताल सम्म पुर्याउनको लागि स्वास्थ्य मन्त्रालयका विशिष्ट कर्मचारीसम्म कुरा पुर्याउन सहयोग गर्ने लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादब,बर्तमान  बागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री माननीय रामेश्वर फुयाल लगायत सहयोग गर्ने सबै  डाक्टर साब र आइसोलेसन सेन्टरका स्वयंसेवक लायन्स मित्रहरु सबैलाई हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्दै संक्रमितको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन ।

तपाइँको प्रतिक्रिया ।