बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ मा रहेको आइसोलशन सेन्टर संचालनमा
कपन अनलाइन
काठमाडौं असोज २७ ।निशा बराल
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ मा रहेको आइसोलशन सेन्टर सोमबार बाट संचालनमा आएको छ।३० सैयाको उक्त आसोलेसन सेन्टरमा सोमबार दुइजना कोरोना संक्रमण भएका व्यक्तिहरुलाई राखेर संचालन गरिएको कार्यबाहक वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी गराए ।उक्त कार्यक्रममा बुढानिलकण्ठ. वडा नम्बर दुइ का कार्यबाहक वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ , वडा सदस्य ज्ञानु कार्की थापा रस्वास्थ्य शाखा प्रमुख कुमार दाहाल लगायतको उपस्थिति रहेको थियो । उक्त आइसोलेशन सेन्टरमा संक्रमित व्यक्तिहरुलाई राख्ने मापदण्ड पनि बुढानिलकण्ठ नगरपालिकाले सुचना प्रकाशित गरेर जानकारी गराएको छ ।
बुढानिलकण्ठ नगरपालिकाको आइसोलेसन सेन्टरमा संक्रमित व्यक्तिलाई राख्ने मापदण्ड:
१) कोरोना भाइरस रोगको लक्षण बिहिन दिर्घ रोग नभएका संक्रमितहरुलाई वडाको सिफारिसमा जन स्वास्थ्य महाशाखा संग समन्वय गरि राखिने
२) सिफारिस गर्दा होम आइसोलेसन को मापदण्ड पुरा गर्न नसक्ने, परिवारलाइ संक्रमण फैलाउन सक्ने वा घर नभएका डेरामा बस्ने ब्यक्तिहरुलाई प्राथमिकता दिई सिफारिस गर्ने
३ ) संक्रमित व्यक्तिलाई समन्धित वडाले सिफारिस गरि बुढानिलकण्ठ द्वारा स्थापित बुढानिलकण्ठ आइसोलेसन सेन्टरमा पठाउदा निम्न सामग्रीहरुका साथमा पठाउन समेत अनुरोध गरिएको छ
क) मोबाइल चार्जर
ख) व्यक्तिगत सरसफाईका अत्यावश्यक व्यक्तिगत सामग्रीहरु
ग) तातोपानी राख्ने थर्मस
घ) पानी खाने ग्लास
ङ) ब्ल्यांकेट (आइसोलेसन सेन्टर) बाट उपलब्ध हुने १ थान भन्दा बढी चाहिने भएमा)
च) आफुलाई चाहिने व्यक्तिगत कपडा
लक्षण सहितको दिर्घ रोग भएका कोरोना भाइरस संक्रमितहरुलाई वडाको सिफारिसमा जन स्वास्थ्य महाशाखाको समन्वयमा नेपाल सरकार संघिय स्वास्थ्य मन्त्रालयले तोकिएको कोभिड अस्पतालमा प्रेषण गरि व्यवस्थापन गरिने उक्त सुचनामा उल्लेख गरिएको छ ।
निशा बराल सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन।