गोकर्णेश्वरमा असोज १६ गते देखि पठन पाठन शुरु हुने,जेष्ठ र असार शुल्क पूर्ण छुट गर्न निर्देशन
कपन अनलाइन
काठमाडौं ,असोज ११।
गोकर्णेश्वर नगरपालिकाका विद्यालयहरुमा असोज १६ गते देखि पठन पाठन शुरु हुने भएको छ।गोकर्णेश्वर नगरपालिका नगर शिक्षा समितिको असोज ६ गते बसेको बैठकले असोज १६ गते देखि शिफ्ट ,समुह वा अन्य बैकल्पिक माध्यम बाट पठन पाठन शुरु गर्ने निर्णय गरेको थियो।
शिक्षा मन्त्रालयको विद्यार्थी सिकाई निर्देशिका -२०७७ को नियम ३ अनुसारका विवरण तयार पारेर बुझाउन सम्पूर्ण विद्यालयहरुलाई आग्रह गर्दै नगरपालिकाले संस्थागत विद्यालयहरुलाई शैक्षिक शत्र २०७६ को शुल्कमा नबढ्ने गरि शुल्क निर्धारण गर्न निर्देशन दिएको छ।
त्यस्तै नगरपालिकामा संचालित संस्थागत विद्यालयहरुलाई २०७७ जेष्ठ र असार महिनाको शुल्क पूर्ण छुट दिन निर्देशन दिदै शिक्षण सिकाईमा सहभागी नभएका सामुदायिक विद्यालयका शिक्षकहरुको विवरण तिन दिन भित्र नगरपालिकामा बुझाउन भनिएको छ।
नगर कार्यपालिकाको निर्देशन :

