टोखाको आइसोलेसन केन्द्रका संक्रमितहरुलाई पोषिलो खाद्यान्न वितरण

टोखाको आइसोलेसन केन्द्रका संक्रमितहरुलाई पोषिलो खाद्यान्न वितरण

कपन अनलाइन

काठमाडौं ,असोज ७/नविना श्रेष्ठ

टाेखामा बाल विकास क्लब सहयोगमा र मिर्मिरे बचत तथा ऋण सहकारी संस्थाबाट संक्रमित महानुभावहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै हिजो टाेखामा कोरोना संक्रमितलाई पोसिलो खाद्यान्न वितरण गरिएको छ ।
टाेखा २ मा रहेको बाल विकास क्लब र वडा नं ३ मा रहेको मिर्मिरे बचत तथा ऋण सहकारी संस्था मिलेर कोरोना रिपोर्ट पोजेटिभ भएका बिरामीहरु जति पनि टोखाको वडा नं-२ र वडा नं-३ मा जति पनि संक्रमित रहेका छन्।

ती सबै जनालाई पोसिलो खाद्यान्न वितरण गर्न बाल विकास क्लबका पदाधिकारीहरु र मिर्मिरे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजवीर डंगोल आफै पनि आइसोलेसनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्था बुझ्न र संक्रमण भएका मानिसहरूको आत्मबल बढाउनका निम्ति पनि पोसिलो खाद्यान्न वितरण गरेको सहकारी अध्यक्ष राजवीर डंगोलले बताएका छन ।

आइसोलेसनमा रहेका संक्रमित, र होम आइसोलेसनमा रहेका सबै संक्रमितहरुलाई आत्मबल, थप प्रेरणा बढाउन पोसिलो खानेकुरा काजु, बदाम,अनार, ल्वाङ, दाख, स्याउ, अण्डा, जेरी यी चिजहरु खाएमा रोगसँग लड्नसक्ने क्षमता बढाउने भएकोले आफूहरुले यो कदम क्लब र सहकारी मिलेर अघि बढेको बताउदै अध्यक्ष डंगोलले सहकारी सदस्यहरूलाई मात्र होइन टोखाका कोर  एरियामा जति पनि संक्रमितहरु छन् ती सबै जनालाई जस्तै होम आइसोलेसनमा बसेका र टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा बसेका सबैलाई पोसिलो खाद्यान्न वितरणमा बाल विकास क्लब र मिर्मिरे सहकारीको टिम समेत लागेको सहकारी अध्यक्ष राजवीर डंगोलले बताएका छन ।

साथै उनले कोरोना सङ्क्रमित सबैलाई सु- स्वास्थ्यको कामना व्यक्त गर्नुका साथै आइसोलेशनमा सबेका संक्रमित बिरामीहरूलाई थप प्रेरणा, आत्मबल बढेकोमा खुसी लागेको बताए ।

टाेखा चण्डेश्वरी आइसोलेसन केन्द्रमा कोरोना संक्रमितलाई पोसिलो खाद्यान्न वितरण कार्यक्रममा सहभागी टाेखा नगर उपप्रमुख
ज्ञानमाया डंगोलले बाल विकास क्लब र मिर्मिरे बचत तथा ऋण सहकारी संस्थाले जुन कदम अगाडि बढाउदै संक्रमितहरु सबैको आत्मबल बढाउनु भएको सराहनीय कार्य भएको बताउदै उपप्रमुख ज्ञानमाया डंगोलले क्लब र सहकारीलाई धन्यवाद व्यक्त गरेकी छन ।

( नविना सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।