नासा नेपालका सदस्य रमेश सिलवाल समाज सेवा रत्न पदकबाट सम्मानित

नासा नेपालका सदस्य रमेश सिलवाल समाज सेवा रत्न पदकबाट सम्मानित

कपन अनलाइन

काठमाडौं ,असोज ६ ।
नेपाल अटो मोबयाल्स एशोशियसन (NASA)काकार्यकारी सदस्यश्री रमेश सिलवाललाई हालै नेपाल सरकारबाट “समाज सेवा रत्न”पदक प्राप्त हुदा नासा नेपालले गर्ब महसुस गरेको छ । सरकारले मन्त्री  परिषदको सिफारिसमा ५९४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने घोषणा गर्दा युवा समाजसेवी सिलवाललाई समाज सेवा रत्ननामक पदकबाट सम्मानीत गरिएको छ।
वि. सं. २०६७मा १७ वर्षको उमेरमै ‘चिल्ड्रेन भिजन नेपाल’ नामक सामाजिक संस्था स्थापना गरि किशोर अवस्थाबाट नै समाजसेवा सुरु गरेका सिलवाल सबैभन्दा कम उमेरमा ‘समाज सेवा रत्न’ पदकबाट सम्मानित  हुने कीर्तिमान समेत बनाएका छन् ।
नासा नेपालबाट हुने समाजसेवा सम्बन्धि सम्पूर्ण काम सिलवालले नै नेतृत्व गर्छन । आगामी दिनमा नासा नेपालले समाज सेबा सम्बन्धि धेरै कार्यक्रम तय गरेको हुदा  सिलवालको जिम्मेवारी निकै हुने नासाले जानकारी दिएको छ  ।

सिलवालका अनुसार नेपाल जस्तो गरिब देशमा धेरैनै असहाय र गरिब छन् जसको ब्यबस्थापनका लागि धेरै समाजसेवीको अवाशाकता रहेको छ ।

तपाइँको प्रतिक्रिया ।