जव सांसद श्रेष्ठ काठमाडौं महानगरपालिकाका प्रवक्ता सहित संक्रमितको घरमा पुगे ..
कपन अनलाइन
काठमाडौं ,भाद्र २५।
काठमाडौं महानगरपालिका वडा नं १५ का विभिन्न टोलमा रहेका कोरोना संक्रमित भेट्नका लागि काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ र काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का अध्यक्ष सहित घर घरमा पुगिरहेका छन।
वडा नं १५ का सदस्यहरु निमा घ्याम्छो तामाङ, आनन्दराम गौतम र मैयाँलक्ष्मी महर्जन सहित सांसद आफ्नो आगनमा देख्दा कोरोना संक्रमितहरु निकै उत्साहित देखिएका थिए।
कोरोना संक्रमितहरुलाई प्रोत्साहन र सकारात्मक उत्साह प्रदान गर्दै सुस्वास्थ्यको शुभकामना सहित पुगेका जनप्रतिनिधिहरुलाई स्थानीयहरुले धन्यवाद दिएका थिए।
तपाइँको प्रतिक्रिया ।
