स्थानीय तहमा आइसोलेसन केन्द्र निर्माणका लागि बागमती प्रदेस सरकारले बजेट पठायो

स्थानीय तहमा आइसोलेसन केन्द्र निर्माणका लागि बागमती प्रदेस सरकारले बजेट पठायो

कपन अनलाइन

काठमाडौं ,भाद्र २३।

बागमती प्रदेस सरकारले काठमाडौं सहित विभिन्न जिल्लामा आइसोसन केन्द्र निर्माणका लागि बजेट बिनियोजन गरेको छ। बागमती प्रदेसको बागमती प्रदेस कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष बाट कोरोना संक्रमितहरुको व्यवस्थापनका लागि आइसोलेसन केन्द्र निर्माण र व्यवस्थापनका लागि स्थानीय तह ,अस्पताल र स्वास्थ्य व्यवस्थापन केन्द्रलाई बजेट पठाउने निर्णय गरिएको छ।

उक्त कोष बाट बुढानिलकण्ठ  २० लाख ,शंखरापुर २० लाख ,किर्तिपुर १० लाख ,कागेश्वरी मनोहारा १५ लाख ,चन्द्रागिरी १० लाख ,टोखा २० लाख ,दक्षिणकाली २० लाख  र तारकेश्वर नगरपालिकालाई १० लाख रुपैया बिनियोजन गरिएको छ।

त्यस्तै काठमाडौं महानगरपालिका वडा नं २९ मा रहेको नेसनल मेडिकल कलेजमा स्थापना गरिएको आइसोलेसन केन्द्रका लागि बागमती प्रदेस सरकारले ५० लाख रुपैया स्वास्थ्य कार्यालय काठमाडौं मार्फत बिनियोजन गरिएको जानकारी दिदै बागमती प्रदेस सभा सदस्य दिपक निरौलाले काठमाडौंका नागार्जुन र गोकर्णेश्वर नगरपालिकाले प्रदेस सरकारले निर्देशन गरे अनुसार नगर कार्यपालिकाको निर्णय सहित रकम माग गर्ने प्रक्रिया पुरा नगरेकाले अहिले  बिनियोजन नगरिएको जानकारी दिएका छन।

बागमती प्रदेस कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष बाट काठमाडौं सहित सिन्धुली रामेछाप ,धादिंग ,मकवानपुर चितवन ,सिन्धुपाल्चोक ,भक्तपुर ,रामेछाप लागयतका जिल्लामा रहेका विभिन्न आइसोलेसन केन्द्र व्यवस्थापनका लागि पनि बजेट बिनियोजन गरिएको हो।

बागमती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजनमा स्वास्थ्य मन्त्रि भानुभक्त ढकाल सहितको उपस्थितिमा काठमाडौं जमलमा भएको छलफल पश्चात काठमाडौं जिल्लामा आइसोलेसन केन्द्र व्यवस्थापनका लागि नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राई,नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं महानगर इन्चार्ज जीवनराम श्रेष्ठ ,बागमती प्रदेस सभा सदस्य दिपक निरौला र स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. भिम कार्कीलाई जिम्मेवारी दिइएको थियो।

काठमाडौंमा कोरोना संक्रमण बढे संगै आइसोलेसन बेडको व्यवस्थापन गर्नका लागि मन्त्रिपरिषदले  निर्णय गरे पश्चात उक्त टोलीले काठमाडौं जिल्लाका ११ वटै स्थानीय तहले व्यवस्थापन गरेका आइसोलेसन केन्द्रहरुको स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा नगर कार्यपालिकाको निर्णय सहित सहयोग रकम माग गर्न नगरपालिकालाई आग्रह गरेको सो टोलीले काठमाडौंका अन्य स्थानमा पनि आइसोलेसन केन्द्र स्थापनाका लागि अध्ययन गरेको थियो।

तपाइँको प्रतिक्रिया ।