तारकेश्वर नगरपालिका वडा नं २ मा रक्तदान कार्यक्रम सम्पन्न

तारकेश्वर नगरपालिका वडा नं २ मा रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,भाद्र १९।

तारकेश्वर नगरपालिका वडा नं २ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटी र लायन्स क्लव अफ तारकेश्वरको आयोजनामा काभ्रेस्थली स्वास्थ्य चौकी प्रांगणमा  आयोजना गरिएको कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको छ ।

लकडाउनका कारण रक्तदानको कार्यक्रमहरुमा कमि  हुँदा रगतको अभाव सिर्जना भएको  अवस्थामा स्वास्थ्य मापदण्ड पालना गर्दै रक्तदानको कार्यक्रमहरु आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।

 

तपाइँको प्रतिक्रिया ।