गोकर्णेश्वर नगरपालिकामा लायन्स क्लबको सहयोगमा आइसोलेसन केन्द्र तयार

गोकर्णेश्वर नगरपालिकामा लायन्स क्लबको सहयोगमा आइसोलेसन केन्द्र तयार

कपन अनलाइन

काठमाडौं,भाद्र १६। गोकर्णेश्वर नगरपालिका द्वारा उपलब्ध गराइएको  राष्ट्रिय सहिद तथा शान्ति पार्क,यज्ञडोल (जगडोल) सामुदायिक वनको स्वामित्वमा रहेको भवन  आइसोलेसन केन्द्रको रुपमा तयार  भएको छ ।काठमाडौं उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बढेसँगै संक्रमितको उपचारमा सहयोग पुगोस भनेर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले  गोकर्णेश्वर नगरपालिका संगको समन्वयमा उक्त भवनलाई आइसोलेसन केन्द्रको रुपमा संचालन गर्न लागिएको हो ।

सोमबार  गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे प्रमुख सल्लाहकार दिपक रिसाल  सहित लायन्स लिडरहरुले उक्त भवनको स्थलगत नीरिक्षण गरेका थिए । हाललाई ५३ शैयावाट शुरु गर्न लागिएको उक्त आइसोलेसन वार्ड लाई आवश्यकता अनुशार ७५ शैया सम्म विस्तार गर्न सकिने लायन्स क्लबका  डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले जानकारी गराए ।उनले लायन्स क्लब जहाँ आवश्यकता त्यहा लायन्स भन्ने नाराको साथ कोभिड महामारीका बीच पनि सामाजिक तथा मानवीय सेवाको कार्यमा अग्रसर भईरहेको जानकारी गराए। उनले बिराटनगरमा पनि लायन्स क्लबका सदस्यहरु आइसोलेसन वार्ड निर्माणमा जुटिरहेको जानकारी गराए ।

पुर्व डिस्ट्रिक गभर्नर एबम हालका जी एस टि मल्टिपल कोर्डिनेटर लायन  अन्नत प्रसाद भेटुवालले कोरोना प्रकोपका बीच संक्रमितहरुलाई आवश्यक पर्ने आइसोलेसन केन्द्र  निर्माणमा  सहयोग पुर्याउने यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल, गोकर्णेश्वर नगरपालिका लगायत सो कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।

 लायन्स क्लबले उक्त आइसोलेसनमा बस्ने बिरामीहरुलाई चिकित्सकको सल्लाह अनुसार दिनको चार पटक सम्म खाना खुवाउने व्यवस्थापन  गर्ने जानकारी गराए । उनले महामारी को समयमा सरकार एक्लैले सबै थोक गर्न नसक्ने भएकोले सबै जना आ आफ्नो ठाउ बाट कोभिड नियन्त्रणको लागि लाग्नु पर्ने बताए ।

लाइन्स क्लब  इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ ले  गोकर्णेश्वर नगरपालिका संगको सहर्कायमा  ५३ शैयाका आइसोलेसन वार्ड केहि दिन भित्रमा नै प्रयोगमा ल्याउने गरि तयारी थालेको  थियो।  हाल उक्त आइसोलेसन वार्ड संचालनको अन्तिम चरणमा पुगेको छ ।भवन निरीक्षण गर्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले लायन्स क्लबलाइ धन्यबाद दिदै कोभिड रोकथामको लागि सबैजना हातेमालो गरेर अघि बढ्नु पर्ने बताए ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।