काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यलाई कोरोना संक्रमण
कपन अनलाइन
काठमाडौं ,भाद्र १५।
काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई कोरोना पोजेटिभ देखिएको छ । उहाँले हिजो स्वाब दिनुभएको थियो । आज मध्यान्न आएको रिपोर्टमा उहाँलाई पोजेटिभ देखिएको हो ।
अहिले उनि वडा २१ लगतटोलमा रहेको निजी निवासमा आइसोलेसनमा हुनुहुन्छ । उनमा कोरोनाका लक्षण भने देखिएका छैनन् । उनि सँगै स्वाब दिनुभएकी उहाँकी धर्मपत्नी सुचिता शाक्यको भने नतिजा नेगेटिभ आएको छ ।
उनले आफ्नो नियमित र प्रत्यक्ष सम्पर्क रहेका र लक्षण देखिएका व्यक्तिलाई परीक्षण गराउन आग्रह गरेका छन । आजै राष्ट्रिय सभा गृहमा रहेका कर्मचारीहरुको स्वाब संकलन गरिसकिएको छ ।
तपाइँको प्रतिक्रिया ।