शंखरापुर नगरपालिका ६ मा कोरोना नियन्त्रण तथा रोकथामको लागि टोल समिति गठन
कपन अनलाइन
काठमाडौं, भाद्र ३। कोरोना भाइरस संक्रमण नियन्त्रण तथा न्यूनीकरणको लागि शंखरापुर नगरपालिका वडा नं. ६ मा टोल समिति गठन गरिएको छ। वडामा समेत कोरोना संक्रमितको संख्या बढन थालेपछि टोल सुधार समिति संग समन्वय गरि स्वयंसेवक टिम गठन गरेको वडा नं. ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठले जानकारी गराए ।
उक्त टोल समितिमा इपाटोल बाट जीवन श्रेष्ठ र सुमन श्रेष्ठ, सुन्टोल बाट जयराम श्रेष्ठ र सुरेश लाल श्रेष्ठ, दुगाहिती बाट बिनोद श्रेष्ठ , नरेन्द्र श्रेष्ठ तथा इल्ला टोल बाट सम्झना कपाली र सरोज श्रेष्ठ रहेका छन। टोल समितिले वडा कार्यलय संग समन्वय गरि वडा बासीमा जनचेतना जगाउने लगाएत आबश्यकता अनुसार कोरोना भाइरस नियन्त्रणको लागि काम गर्ने श्रेष्ठले बताए ।
त्यसैगरि महामारीको रूपमा फैलिदै गएको कोरोना भाइरस संक्रमण बाट जोगाउन वडा नं. ६ का वडा अध्यक्ष श्रेष्ठले अत्यावश्यक सेवाका पसलहरु समेत निर्धारित समय र अन्य पसलहरु पुर्ण रुपमा बन्द गर्न आग्रह गर्दै प्रहरी, दलका प्रतिनिधि र टोल समितिका प्रतिनिधि सहित जन चेतना जगाउने काममा लागेको बताए ।
फोटो : शंखरापुर न्युज