बुढानिलकण्ठ वडा नं २ का दुई सहित ५ जनामा कोरोना संक्रमण पुस्टि
कपन अनलाइन
काठमाडौं ,भाद्र २।
बुढानिलकण्ठ वडा नं २ का दुई सहित ५ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। भाद्र २ गते वडा नं २ का दुई जना सहित वडा नं १२,९ र ४ मा कोरोना संक्रमित भेटिएका छन।
बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा २५ र ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ भने वडा नं १२ की ३० वर्षीय महिला वडा नं ९ की २६ वर्षीय महिला र वडा नं ४ का ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ।
हालसम्म काठमाडौं जिल्लाका ११ स्थानीय तहहरु मध्ये काठमाडौं महानगरपालिका पछी सबैभन्दा धेरै ९१ संक्रमित बुढानिलकण्ठ नगरपालिकामा भेटिएका छन।
तपाइँको प्रतिक्रिया ।