बुढानीलकण्ठ नगरपालिकामा थप सातजनामा कोरोना संक्रमण पुष्टि

बुढानीलकण्ठ नगरपालिकामा थप सातजनामा कोरोना संक्रमण पुष्टि

कपन अनलाइन

काठमाडौं ,भाद्र २।

बुढानीलकण्ठ नगरपालिकामा भाद्र १ गते  सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज पुष्टि भएका व्यक्तिहरु वडा नं २ माथिल्लो भंगालकी  ३३ वर्षिया एक महिला, वडा नं ४ का पसिकोटका ४८ वर्षिय एक पुरुष, वडा नं ५ विष्णुमतिको ५८ वर्षिया एक महिला, वडा नं ६ च्यासिन्डोलका २४ वर्षिया एक पुरुष, वडा नं १० मिलनचोकको २९ वर्षिया महिला तथा १० कपनका ५६ वर्षिय एक पुरुष गरि दुईजना र वडा नं ११ कपनका २८ वर्षिया महिलामा गरि चारजना महिला र र तीनजना पुरुषमा संक्रमण पुष्टि देखिएको हो।

भाद्र १ गते  सम्मको कोरोना संक्रमणको नतिजा अनुरुप नगरपालिकाभित्र संक्रमित संख्या ८६ पुगेको छ।

त्यस्तै भाद्र १ गते  स्वास्थ्य चौकीमा कन्ट्याक्ट ट्रेसिङ्गमा परेका र केहि अन्य जिल्लाबाट नगरपालिका प्रवेश गरेकाव्यक्तिहरु सहित गरि कूल ११४ जनाको स्वाब संकलन गरि टेकु स्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको छ। परिक्षणका लागि कुल मध्ये ३५ जना महिला तथा ७९ पुरुषहरुको स्वाब संकलन गरिएको हो।

तपाइँको प्रतिक्रिया ।