बुढानिलकण्ठ -१० मा “एक घर दुई विरुवा” अभियान शुरु

बुढानिलकण्ठ -१० मा “एक घर दुई विरुवा” अभियान शुरु

कपन अनलाइन

काठमाडौं ,साउन ३१/विवेक पनेरु

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा एक घर दुई विरुवा अभियान शुरु भएको छ।बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राईको प्रउपस्थितिमा सिद्देश्वर महादेव मन्दिर क्षेत्रमा वृक्षारोपण गरेर सो अभियानको उद्घाटन  गरिएको हो।

उपप्रमुख राईले मन्दिर संरक्षण समितिका   अध्यक्ष उद्दव  भट्टराईलाई विरुवा हस्तान्तरण गरेर अभियान शुरु गर्दै  गरपालिकाको नीति तथा कार्यक्रममा नै प्रत्येक वडामा विरुवा वितरण गर्ने योजना रहेको  जानकारी दिएकी थिइन्।

उक्त कार्यक्रममा बुढानिलकण्ठ -१० का अध्यक्ष नवराज भट्टराईले एक घर दुई विरुवा अभियानलाई वडा बाट स्वयंसेवक परिचालन गरेर वडा भरि लागु गरिने बताएका छन।

(विवेक पनेरु सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

 

 

तपाइँको प्रतिक्रिया ।