कपन जेसिजको “जेसिज सप्ताह २०७७” सप्पन्न
कपन अनलाइन
काठमाडौं ,साउन ३१।
कपन जेसिजको “जेसिज सप्ताह २०७७” सप्पन्न भएको छ। साउन २४ गते शुरु भएको सप्ताह ३१ गते सम्पन्न भएको हो।”जेसिज सप्ताह २०७७” मा पहिलो दिन बुढानिलकण्ठ नगरपालिका वडा न १० का वडाध्यक्ष नवराज भट्टराईज्युको प्रमुख आतिथ्यतामा उद्घाटन तथा स्थानिय युबा र जेसिज युबा बिचको भलिबल प्रतियोगीता सम्पन्न भएको थियो।
त्यस्तै दोश्रो दिन बुढानिलकण्ठ नगरपालिका वडा न १२ का वडाध्यक्ष शम्भु भट्टराईज्युको प्रमुख आतिथ्यतामा स्थानिय युबा तथा महिलाहरुलाई अनलाइन माक्स र स्यानिटरी प्याड बनाउने तालिम संचालन गरिएको थियो भने तेश्रो दिन सांसद गगन थापाको सहयोगमा निखिलेश्वर मन्दिर बालुवाखानीमा स्थानियलाई नि:शुल्क स्यानिटाईजर र माक्स बितरण गरिएको थियो।
चौथो दिन काठमाडौ क्षेत्र न ४ का प्रतिनिधि सभा सदस्य गगन थापाज्युको प्रमुख आतिथ्यतामा नेपाल भरिका जेसिज युबाहरुलाई मोटिभेसन कार्यक्रम संचालन गरिएको सप्ताहमा पाचौं दिन नेपाल जेसिजका एसडिजी डाईरेक्टर जेसि आशिष शर्माको प्रमुख आतिथ्यतामा जेसिज युबा बक्तृत्वकला प्रतियोगिता प्रतियोगिता आयोजना गरिएको थियो।
छैठौं दिन बुढानिलकण्ठ नगरपालिका वडा न ११ का वडाध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यतामा अन्तर बिध्यालय स्तरिय बक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै सातौं दिनको कार्यक्रम “स्वस्थ जिबनको लागि साईकल यात्रा” गरि सप्ताह समापन गरिएको थियो।
साईकल र्यालीको उद्घाटन काठमाडौं जिल्ला खेलकुद विकास समितिका पुर्व उपाध्यक्ष बद्री भट्टराईले उद्घाटन गरेका थिए भने खेलकुद सप्ताहको समापन कार्यक्रम बुढानिलकण्ठ नगरपालिका वडा नं ९का वडाध्यक्ष आदरणीय राजेन्द्र सापकोटाको प्रमुख आतिथ्यतामा भएको थियो।
“जेसिज सप्ताह २०७७” समापन समरोहमा नेपाल जेसिजका रास्ट्रीय कार्यकारिणी उपाध्यक्ष जेसि शोभा खरेल र नेपाल जेसिज एसडिजी कोअर्डिनेटर जेसि आशिष् शर्मा, एम्नेस्टी ईन्टरनेशनल नेपालका पुर्ब अध्यक्ष सुर्य बहादुर अधिकारी, कपन जेसिजका पुर्ब अध्यक्ष मनोज अधिकारी, पुर्ब अध्यक्ष तथा नेपाल जेसिज एरिया सि थिम डाईरेक्टर जे.बि. दिपक अधिकारी, विभिन्न शाखाका अध्यक्षहरु र खेलाडीहरुको उपस्थिती रहेको थियो। कपन जेसिसका अध्यक्ष जेसि रुपेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन आशिष अधिकारीले गरेका थिए।