सितापाईला-रामकोट-भिमढुङ्गा बाटो निर्माण सम्पन्न गर्न जनप्रतिनिधिको पहल
कपन अनलाइन
काठमाडौं ,साउन ३१।
सितापाईला -रामकोट- भिमढुङ्गा बाटो निर्माण सम्पन्न गर्नका लागि जनप्रतिनिधिहरुले पहल गरेका छन। सो सडक खण्डको बाँकी भाग निर्माणका लागि तत्काल काम अगाडी बढाउन काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा सदस्य जीबनराम श्रेष्ठको नेतृत्वमा प्रदेश सभा सदस्य केशब पोखरेल र नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशिला अधिकारी सहितको टोलीले भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वांगलाई भेटेर आग्रह गरेको छ।
मन्त्रि नेम्वांग सहित मन्त्रालयका सचिब र जिल्ला सडकका डिभिजनकार्यालयका ईन्जिनियरको उपस्थिति उपस्थितिमा तत्काल सडक निर्माण कार्य शुरु गर्ने छलफल गरिएको थियो।
उक्त छलफलमा प्रतिनिधि सभा सदस्य श्रेष्ठले सो सडक निर्माण पुरा नहुँदा स्थानीयहरुलाई निकै समस्या परेको भन्दै सो कार्यलाई प्राथमिकतामा राखेर सम्पन्न गर्नका लागि आग्रह गरेका थिए।
तपाइँको प्रतिक्रिया ।