बागमती प्रदेस सरकारको सहयोगमा लुडेखाेला काेरेडाेर निर्माण हुने
कपन अनलाइन
काठमाडौं ,साउन ३१ । आरजु खड्का / कञ्चन खड्का / प्रनेल महर्जन
बुढानिलकण्ठ नगरपालिका वडानं न ६ स्थित लुडेखोला कोरेडोर निर्माणका लागि स्थलगत निरीक्षण गरिएको छ।सो स्थानमा कोरिडोर निर्माणका लागि बागमती प्रदेस सभा सदस्य दिपक निरौला ,नेकपा बुढानिलकण्ठ सचिव प्रदिप डंगोल , वडा नं ६ का अध्यक्ष नबिन केसी सहित इन्जिनियर र सरोकारवालाहरुले स्थलगत निरीक्षण गरेका थिए।
हरेक बर्ष बर्षाकाे मौसममा लुडेखाेलामा आउने बाढीको समस्या समधानका लागि सो स्थानमा कोरिडोर निर्माण गर्न लागिएको हो ।
हाल बागमती प्रादेस सरकार बाट १ करोड ,नदी नियन्त्रण बाट ४० लाख बजेट बिनियोजन भएको याेजनाको लागत ७० कराेड अनुमान गरिएको छ ।
बागमती प्रदेस सरकार र बुढानिलकण्ठ नगरपालिकाले निर्माण गर्ने उक्त कोरिडोर बने पश्चात सो क्षेत्रमा डुवान तथा अन्य समस्या समाधान हुने बताउदै प्रदेस सभा सदस्य दिपक निरौलाले विभिन्न चरणमा सो योजना तिन वर्षमा सम्पन्न गरिने बताएका छन।
त्यस्तै वडा नं ६ का वडा अध्यक्ष नवीन के.सि ले लुडेखाेला काेरेडाेर निर्माण सफल भएमा स्थानिय वासिन्दाहरुले बर्षाकाे समयमा समस्या भोगिरहेको समस्या सधैकाे लागि समाधान हुने विस्वास व्यक्त गरेका थिए ।
त्यसैगरी इन्जिनियर सुजन थापा र प्रशान्त देवकोटाले भने अनुसार यस आर्थिक बर्षमा छुटाइएकाे बजेटले पहिलो पुर्बाधार बनाउने र आगामी बजेटहरु आए पछि त्यसैलाइ बढाउदै अझ व्यवस्थित बनाउदै जाने बताएका थिए।
(आरजु खड्का / कञ्चन खड्का / प्रनेल महर्जन सुशासनका लागि संचार अभियानका प्रशीक्षार्थी पत्रकार हुन् )